३३ किलो सुन काण्डका अभियुक्त श्याम कृष्ण विरुद्द १४ करोडको भ्रष्टाचार मुद्दा दायर
प्रकाशित मिति : २०७५, १५ माघ मंगलवार १५:४८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाण्डौ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ३३ किलो सुन तस्करीको अभियोगमा निलम्बन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयका रेडियो अपरेटर श्याम कृष्ण च्वामु श्रेष्ठविरूद्ध १४ करोडको भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको छ।
Advertisement
मंगलबार उनीविरूद्ध १४ करोड ६१ लाख २४ हजार ४ सय ७८ भ्रष्टाचार गरी राष्ट्रलाई हानी नोक्सानी पुर्याएको भन्दै मुद्दा दायर गरेको प्रेस विज्ञप्ति जारी गर्दै अख्तियारले जनाएको छ। तस्करीको ३३ किलो सुन प्रकरणमा मुछिएपछि उनीमाथि अख्तियारले छानबिन गरेको थियो।
अख्तियारका अनुसार उनको वैधानिक आय जम्मा ९ करोड ६३ लाख ८ हजार ८ सय २७ रूपैयाँ छ। तर उनले विभिन्न ठाउँमा गरेको लगानी र खर्च जोड्दा उनको सम्पत्ति १९ करोड ७४ लाख ५५ हजार ८ हजार १६ रूपैयाँ देखिएको थियो। वैधानिक रकम घटाउँदा उनको स्रोत नखुलेको सम्पत्ति १० करोड ११ लाख हुन्छ। तर अख्तियारले भने स्रोत नखुलेको सम्पत्तिबाट ४ करोड बढीबढाउ रकमलाई पनि स्रोत नखुलेको भन्दै १४ करोडको भ्रष्टाचार मुद्दा दायर गरेको हो। २०५३ सालमा सरकारी सेवा प्रवेश गरेपछिको उनको सम्पत्ति अनुसन्धान र विश्लेषण गरी अख्तियारले उनी माथि भ्रष्टाचार मुद्दा लगाएको हो।
उनलाई भ्रष्टाचार निवारण ऐन २०५९को दफा २० बमोजिम २ वर्षसम्म कैद र १४ करोड नै जरिवाना तिराउनुपर्ने अख्तियारको अभियोगपत्रमा उल्लेख छ। त्यस्तै १४ करोड ६१ लाख रूपैयाँ बराबरको सम्पत्ति उनी, उनको परिवार र आफन्तबाट जफत गर्न पनि अख्तियारले भनेको छ।