नेपालगन्जको वडा नं ४ मा शुरू भयो एकल महिलाहरुका लागी आय आर्जन तालीम
प्रकाशित मिति : २०७५, १६ माघ बुधबार १३:१७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज। नेपालगन्जको वडा नं ४ मा एकल महिलाहरुका लाग आय आर्जन तालीम शुरू भएको छ।
Advertisement
नेपालगन्ज वडा नं ४ को सहयोग र सामुदायीक शसक्तिकरण लागी साँझा प्रयास बाँकेको आयोजनामा १० दिने पार्टी ब्याग बनाउने तालीम शुरू भएको हो।
वडामा रहेका एकल महिलाहरुलाई बाँच्नका लागी केहि सिप सिकेर जिन्दगी जिउन सहज हुने कारण पार्टी ब्याग बनाउने तालीम दिएको वडा अध्यक्ष मो.सफिक बेहनाले बताउनु भयो।
तालीममा २० जना एकल महिलाहरु तालीममा सहभागी भएको वडा सचिब राजकुमार कार्कीले बताउनु भयो। दश दिन सम्म चल्ने तालीमका लागी वडा नं ४ ले ५८००० रूपैंया सहयोग गरेको सचिब कार्कीले बताउनु भयो।
अध्यक्ष बेहनाको प्रमुख आथित्यमा शुरू भएको तालीममा वडा सदस्य प्रताप सिंह सिजापति, वडा महिला सदस्य मेनका जोशी,वडा सदस्य जयपत्रा कोरी,वडा सचिब राजकुमार कार्की, वडा नं ४ का समाजसेबी मो.सलीम मूसलमान,वडा कार्यालयमा कार्यरत सहजकर्ता झरना जिसी लगायत आयोजक संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।