सरकारले पेट्रोलियम पदार्थको मूल्य बढायो "१५ दिनको नाफा १ अर्ब १६ करोड ! "
"१५ दिनको नाफा १ अर्ब १६ करोड ! "
प्रकाशित मिति : २०७५, २० माघ आईतवार ०८:१२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
फाईल तस्बिर
नेपालगन्ज : सरकारले शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा २/२ रुपैयाँ मूल्य वृद्धि गरेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलमा ९७ रुपैयाँ पुगेको छ ।
Advertisement
नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूची अनुसार भाउ बढाएको हो ।
निगमलाई अहिले १ अर्ब ६ करोड सञ्चित नोक्सानी छ । यो पटक मूल्य समायोजनपछि निगमलाई १५ दिनमा १ अर्ब १६ करोड नाफा हुने प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य निकै सस्तो हुँदा पनि सरकारले त्यस अनुरुप मूल्य समायोजन गरेको छैन । आफू सञ्चित घाटामा रहेको तर्क गर्दै निगमले मूलय समायोजन गर्दा नाफा बढाउँदै लगेको छ ।
निगमका अधिकारीरु सञ्चित घाटा पूर्ति भएपछि सीमित नाफा राखेर मूल्य एकैपटक घटाउने दावी गर्छन् ।