नेपालगन्जमा राजश्व अनुसन्धानको छापा, लाखौं मूल्यको अबैध सामान बरामद
प्रकाशित मिति : २०७५, २२ माघ मंगलवार २१:५०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज : नेपालगन्जमा अबैधरुपमा भित्राईएको ठूलो परिमाणमा सामाग्री विशेष सुरागीको आधारमा वडा प्रहरी कार्यालय र राजश्व अनुसन्धान कार्यालयको सयुक्त टोलीले नेपालगन्ज २ बुद्धटोल (न्यूरोड)बाट बरामद गरेको हो ।
Advertisement
अबैधरुपमा ल्याइएको नेपालगन्ज वडा नम्बर २ स्थित एक गोदाम घरमा भण्डार गरि राखिएको अवस्थामा बरामद वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख नारायण डाँगीले बताए । उनका अनुसार अनुमानित दुई सय बोरा चामल र चेक सट ४ सय बीस, पेलेन सट ८० थान, सेन्डो १ हजार ४ सय ४० र अण्डरवियर २७ प्याकेट बरामद गरिएको हो ।
नेपालगन्जका सरिफ सिद्दिकीले सञ्चालन गरेको स्वस्तिक ट्रेडर्सको नाममा दर्ता भएको उक्त कम्पनीले राजश्व छली गरि नक्कली चामल विक्रि वितरण गर्दै आएको थियो । राजश्व अनुसन्धान कार्यालयका सुरेन्द्र पाण्डेको नेतृत्वमा पुगेको टोलीले उक्त सामान बरामद गरेको हो । सो टोलीले गोदाम घरको सटर फोडेर अबैद्ध सामान बरामद गरेको हो । बरामद गरिरहेको सामानको विवरण तयार गरिरहेको वडा प्रहरी कार्यालयका माधव रिजालले जानकारी दिए ।
स्वस्तिक ट्रेडर्सका सञ्चालक सरिफ सिद्धिकी फरार छन् ।