नेपालगञ्जको न्यूरोड छापा प्रकरणः अबैध धन्दा गर्नेकै उजुरीमा छापा ! "सञ्चालकको आक्रोश–काममा जिल्ला बाहिर रहेको व्यक्तिलाई फरार भन्ने ? "
"सञ्चालकको आक्रोश–काममा जिल्ला बाहिर रहेको व्यक्तिलाई फरार भन्ने ? "
प्रकाशित मिति : २०७५, २३ माघ बुधबार १७:४६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । संयुक्त टोलीले छापा मारेर अबैध सामान बरामद गरेको भनिएको भोलिपल्ट सञ्चालकले भने आफूले सबै सामान भन्सार गरेर ल्याएको बताएका छन् । सञ्चालकको आक्रोश–काममा जिल्ला बाहिर रहेको व्यक्तिलाई फरार भन्ने ?
Advertisement
नेपालगञ्जमा आज पत्रकार सम्मेलन गरेर स्वस्तिक ट्रेडर्सका सञ्चालक सरिफ सिद्दिकीले अबैध भनी बरामद गरिएका सबै सामानको बिल विजक र भन्सार गरिएको कागजपत्र देखाउँदै आफू षड्यन्त्रको शिकार भएको बताउनुभएको छ । व्यक्तिगत रिसिबीका कारण आफूलाई फसाउन खोजिएपनि आफ्ना सबै सामान बैधानिक तरिकाले ल्याइएकाले आफू निर्दोष भएको बताउनुभयो । ‘म नभएको बेला गलत सूचनाका आधारमा तथ्य नै नबुझी प्रहरी र राजश्वले मेरो गोदाममा छापा मार्नु निन्दनीय घटना हो, अबैध धन्दा गर्ने व्यक्तिको गलत सूचनालाई आधार मानेर छापा मारिँदा कानुनसम्मत तरिकाले व्यापार गर्ने म जस्ता कैयौं व्यवसायीको मनोबल कमजोर बनाउने काम गरिएको छ तर मैले सबै सामान बिल विजक बनाएर भन्सार गराएर ल्याएको छु, मलाई कुनै समस्या छैन,’ सिद्दिकीले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘म नभएका बेला मसंग यथार्थ नबुझी कसैको बहकाउमा लागेर रोहबर विना नै ताला फोडेर छापा मार्ने अनि व्यवसायिक कामकै सिलसिलामा दाङ्गको तुलसीपुर गएको व्यक्तिलाई फरार भन्नु कतिसम्म नाजायज कुरा हो ।’
उहाँले १२ लाख बराबरको चामल र अन्य कपडाजन्य सामान गरी करिब १५ लाख बराबरको सामान बरामद गरिएको बताउनुभयो । राजश्व कार्यालय पुगेर विल बिजक र भन्सार गरेको कागज देखाएर आफूले सबै सामान फिर्ता ल्याउने उहाँले बताउनुभयो । पत्रकार सम्मेलनमा नेशनल सप्लायर्सका सञ्चालक एबम नेपालगञ्ज वडा नम्बर ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाले अबैध धन्दा गर्ने व्यक्तिले नै गलत सूचना दिएर छापा मार्न लगाएको बताउनुभयो । धम्बोझीमा रहेको गर्ग एग्री फुड प्रोडक्ट्सका सञ्चालक अरबाज मन्सुरीले मापदण्ड नै नपुर्याई अबैधानिक तरिकाले चामल प्याकेजिङ्ग गरी गुणस्तरहीन चामल उपभोक्तालाई बेचिरहेको तथ्य लुकाउन कानुनसम्मत तरिकाले व्यापार गरिरहेको व्यक्तिका विरुद्ध षड्यन्त्र गरेर छापा मार्न लगाएको बताउनुभयो । ‘भारतबाट चामल आयात गरी मापदण्ड विपरित विक्रि गरिरहेका मन्सुरीलाई कारबाहीको माग गर्दै हामीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदैछौं,’ बेहेनाले भन्नुभयो, ‘गैरकानुनी काम गरिरहेको व्यक्तिकै उजुरीमा छापा मारिएको छ, यसले बैधानिक ढंगले प्रक्रिया पुर्याएर काम गरिहेका म जस्ता धेरै व्यवसायीको चित्त दुःखेको छ, यसको कानुनी उपचारका लागि हामी लाग्छौं ।’
न्यू डाँफे ट्रेडर्सका सञ्चालक नफिस अहमद सिद्दिकीले नेपाल सरकारको राजश्व ठगी गरी उद्योगको नामबाट भारतको उच्च क्वालिटीको चामलको बोरा हुबहु नक्कल गरी उपभोक्तालाई झुक्याएर कमसल चामल उच्च दरमा विक्रि गरिरहेका मन्सुरीलाई कानुन बमोजिम कारबाही गर्न माग गर्नुभयो । वडा प्रहरी कार्यालय नेपालगञ्ज र राजश्व अनुसन्धान कार्यालयको संयुक्त टोलीले हिजो साँझ सिद्दिकीको न्यूरोडस्थित गोदाम घरमा छापा मारेर २ सय बोरा चामल, ५ सय थान कपडा, १ हजार ४ सय ४० थान सेण्डो लगायतका कपडा बरामद गरेको जनाएको थियो ।