धनगढी प्रिमियर लिग डीपीएलको तेस्रो संस्करण क्रिकेटको ट्रफी सार्वजनिक, भोलि हुने उद्घाटन खेल स्थगित
प्रकाशित मिति : २०७५, २५ माघ शुक्रबार १७:५४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
काठमाडौं । धनगढी प्रिमियर लिग क्रिकेट डीपीएलको भोलिका लागि तय भएको उद्घाटन खेल स्थगित भएको छ । लगातारको वर्षाका कारण विराटनगर किंग्स र रुपन्देही च्यालेन्जर्सबीचको भोलिको खेल स्थगित गरिएको आयोजक धनगढी क्रिकेट एकेडेमीले जानकारी गराएको हो । प्रतियोगिताको अघिल्लो दिन आज आयोजकले डीपीएलको ट्रफी सार्वजनिक गरेको छ ।
प्रतियोगिताका सद्भावना दूत जोन्टी रोड्स र धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले संयुक्त रुपमा प्रतियोगिताको ट्रफी सार्वजनीक गर्नुभयो । प्रतियोगिताको पुरस्कार रकममा यसपटक वृद्धि गरिएको छ ।
प्रतियोगिताको विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौंथो हुने टोलीले २ लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् । प्रतियोगिताको गोल्ड स्टार मोस्ट भ्यालुएबल प्लेयरले सुनको जुत्ता, प्रत्येक खेलका नबिल बैंक म्यान अफ दी म्याचलाई १५ हजार रुपैयाँ, म्यान अफ द सीरिज, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा प्रतियोगिता माघ २६ देखि फागुन ११ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ ।