सरकारद्वारा फागुन १ देखि एक करोडसम्मका योजनामा जेसिबी प्रयोगमा रोक
प्रकाशित मिति : २०७५, २६ माघ शनिबार १२:१७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।सरकारले फागुन १ गतेदेखि एक करोड रुपैयाँसम्मका बिकासे योजनामा (जेसिबी) डोजर चलाएर काम गर्नमा रोक लगाएको छ।
Advertisement
जेसिबी प्रयोग गर्दा देशमा युबाबर्गलाइ रोजगारीको अवस्था सिर्जना गर्न अवरोध गरेको निष्कर्ष निकाल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको निर्देशिकामा १ करोडसम्मका आयोजनामा जेसिबी प्रयोग गर्न नहुने प्रावधान समेटिएको छ ।मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिका’ अन्तर्गत डोजरको बढ्दो अनधिकृत प्रयोगमाथि बन्देज लगाएको छ।
प्राविधिक रुपमा असम्भव स्थानमा डोजर प्रयोग गर्न भने निर्देशिकाले प्रतिवन्ध लगाइएको छैन । तर, त्यसका लागि प्राविधिक टोलीको सिफारिस चाहिने छ । उक्त निर्देशिका फागुन १ गतेदेखि लागू हुने भएको छ। देशमा बढीरहेको युबा बेरोजगारीलाई ध्यानमा राख्दै सरकारले यस्तो निर्णय गरेको हो।