राम नारायण–हिरादेवी अक्षय कोष स्थापना
प्रकाशित मिति : २०७५, २७ माघ आईतवार २२:५७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका १८ स्थित राम नारायण–हिरादेवी फाउण्डेशनले श्री माध्यामिक विद्यालय लग्दहवामा ४ लाखको अक्षय कोष स्थापना गरेको छ । सो वडाका सस्वत श्रेष्ठ र सिमरन श्रेष्ठले आफ्नो हजुर आमा र हजुर बुबाको नाममा उक्त कोष स्थापना गरेको हो ।
Advertisement
उक्त अक्षय कोषबाट त्यस विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति दिईने फाउन्डेन स्थापनाकर्ता सिमरन श्रेष्ठले बताइन् ।
फाउन्डेसनले सो विद्यालय परिसरमा सरस्वतीको मन्दिर समेत बनाउने जनाएको छ । अर्को बर्षको सरस्वती पुजा सम्ममा मन्दिर बनाउने तयारी छ । अमेरिकामा भखरै मात्र डेन्टिक्स डाक्टरको कोर्सपूरा गरेकी सिम्रनले आफ्नो मेहनत बाट आफनो ठाउँमा केही गर्ने सोचका साथ काम गरिएको बताउनु भयो ।
फाउन्डेसनको सहयोगमा आईतवार विद्यालयको आयोजनामा आयोजित सरस्वती पूजाको अवसरमा गत वर्ष प्रथम, द्धितिय, त्रितृय हुने छात्र छात्रालाई नगद सहित पुरुस्कार प्रदान गरेको छ । फाउन्डेसनका अगुवा जय प्रकाश श्रेष्ठ,राजेश श्रेष्ठ अजिता श्रेष्ठ लगायतले पुरस्कार बितरण गर्नु भएको थियो ।