नेपालगञ्जको ‘सोल्टी वेस्टेण्ड प्रिमियर’ लाई पाँचतारेको मान्यता
प्रकाशित मिति : २०७५, २८ माघ सोमबार ११:५२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
नेपालगञ्ज।नेपालगञ्जमा सञ्चालित होटल ‘सोल्टी वेस्टेण्ड प्रिमियर’ ले पाँचतारेको मान्यता पाएको छ ।एक वर्षअघि सञ्चालनमा आएको उक्त होटलले पर्यटन विभागबाट पाँचतारेको प्रमाणपत्र पाएको हो ।
नेपालकै पहिलो हरित (ग्रिन) होटल दाबी गरिएको सो होटलले प्रयोगमा ल्याएको सम्पूर्ण प्रविधि पूर्ण वातावरणमैत्री छ ।सोल्टी वेस्टेण्ड प्रिमियर कार्बनडाइअक्साइड न्यून मात्रामा उत्सर्जन गर्ने र कम ऊर्जा खपत गर्ने नेपालकै पहिलो होटल मानिएको छ ।
होटलका प्रबन्ध निर्देशक इन्द्र खड्काका अनुसार बिएमएक (बिल्डिङ म्यानेजमेन्ट सिस्टम), जिरो कार्बनफुटप्रिन्ट, वातावरण अनुकूलनका लागि रेडियन्ट टेक्नोलोजीको प्रयोग, होटलबाट निस्कने फोहरलाई प्रशोधन गरी तरल पदार्थलाई पानीका रुपमा ट्वाइलेटको फलस, बगैँचा र चिलर प्लान्टलाई कुलिङ गर्नका लागि प्रयोग गरिनुका साथै ठोस वस्तुलाई प्राङ्गारिक मलका रुपमा प्रयोग गरिएको छ ।सोल्टी वेस्टेण्ड काठमाडौंको होटेल सोल्टी क्राउन प्लाजाको भगिनी संस्था हो ।