धनगढीद्वारा काठमाडौंलाई १ सय ३३ रनको चुनौति
प्रकाशित मिति : २०७५, २८ माघ सोमबार १२:१८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
काठमाडौं । धनगढी प्रिमियर लिग क्रिकेटको तेश्रो सिजनको पहिलो खेलमा धनगढी स्टार्सले काठमाडौं गोल्डेनलाई १ सय ३३ रनको चुनौति दिएको छ ।
धनगढीको फाप्ला मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ३२ रन बनाएको हो । उसका लागि अमित श्रेष्ठले सर्वाधिक ५० रन, सन्दीप रजालीले २८, र पवन सराफले १९ रन बनाए । यस्तै सुनिल धमलाले ३ र रोहन मुस्तफा ० रनमा पेभेलियन फकँर्दा सौरभ खनाल २५ र सोमपाल कामी ० रन नटआउट रहे ।
धनगढीलाई १ सय ३२ मै रोक्नको लागि काठमाडौंँका नन्दन यादवले २, ललित राजबंशी र अंकित दबासले समान एकरएक विकेट लिए ।
अहिले काठमाडौंले जवाफी ब्याटिङ गरिरहेको छ । ५ ओभरको समाप्तीमा काठमाडौंले विना विकेटको क्षति ३१ रन बनाएर खेलिरहेको छ ।