डीपीएलको पहिलो खेलमा धनगढी स्टार्सलाई ४ विकेटले हराउदै काठमाडौं गोल्डेन विजयी
प्रकाशित मिति : २०७५, २८ माघ सोमबार १२:५६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
धनगढी । धनगढी प्रिमियर लिग क्रिकेटको तेश्रो संस्करणको पहिलो खेलमा काठमाडौं गोल्डेनले धनगढी स्टार्सलाई ४ विकेटले हराएको छ । धनगढीको फाप्ला मैदानमा टस जितेर फिल्डिङ रोजेको काठमाडौंले धनगढीलाई १ सय ३२ रनमा समेटेको हो ।
Advertisement
धनगढीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३२ रन बनायो । काठमाडौं गोल्डेनले ६ विकेट गुमाउदै १९.५ बलमा १३३ रनको लक्ष्य पुरा गर्यो ।काठमाडौंका लागीबलिङ्ग तर्फ नन्दन यादवले २, ललित राजबंशी र अंकित दबासले समान एक–एक विकेट लिए ।
यस अघि धनगढीको लागि अमित श्रेष्ठले सर्वाधिक ५०, सन्दीप रजालीले २८, सौरभ खनालले २५ र पवन सर्राफले १९ रन बनाए । बलिङ्ग तर्फ रोहन मुस्तफाले ४, अमिर हयात र बिपिन खत्रीले समान १ विकेट लिए ।
सर्वाधिक पुरस्कार राशीको डीपपीएल विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख तथा चौथो हुने टोलीले २ लाख पाउने छन् । यस्तै मष्ट भेल्युवल प्लेयरलाई गोल्डस्टार ‘सुनको जुत्ता’ प्राप्त गर्नेछ ।