धनगढी प्रिमियर लिग क्रिकेटमा रुपन्देही च्यालेन्जर्स विजयी यात्रामा ब्रेक, सिवाइसी अत्तरिया ३९रनले विजयी
प्रकाशित मिति : २०७५, २ फाल्गुन बिहीबार १३:५६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
धनगढी । धनगढी प्रमियर लिग क्रिकेटमा सिवाइसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले पराजित गरेको छ । अत्तरियाको यो लगातार दोस्रो जित हो भने रुपन्देहीको दोस्रो जितपछिको हार हो । फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अत्तरियाले निर्धारित २० ओभर खेलेर ९ विकेटको क्षतिमा १सय २१ रन बनाएको हो ।
जवाफी ब्याटिङमा आएको रुपन्देहीले २० ओभरमा सबै विकेट गुमाउँदै ८२ रन मात्रै बनाउन सक्यो । रुपन्देहीका सुमित महर्जनले सर्वाधिक २२ रन बनाए । प्रदीप ऐरी १४, सन्दीप सुनार १५, विनोद भण्डारी १०, विक्रम सोब १४ रन बनाउँदै आउट भए । भीम सार्की, बसन्त रेग्मी र ललितसिंह भण्डारी समान १ रनमा आउट भए ।
बलिङतर्फ अत्तरियाका सन्नी पटेल, भुवन कार्की, दीपन्द्रसिंह ऐरी र देवेन्द्र रावतले २–२ विकेट लिए । कमलसिंह ऐरीको नाममा १ विकेट लिए । यसअघि अत्तरियाका कप्तान दीपेन्द्र सिंह ऐरीले यस प्रतियोगिताको व्यक्तिगत उच्च स्कोर बनाउने क्रममा ६७ रन जोडे । ५० बल खेलेका उनले १० चौका र १ छक्का प्रहार गरे । उनले ऋत गौतमसाग तेस्रो विकेटमा ५७ रनको साझेदारी गरे ।
ऋत सहित सुबेन्दु पाण्डे र सन्नी पटेल समान १२ रनमा आउट भए । रुपन्देहीका ललितसिंह भण्डारीले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । त्यस्तै बिक्रम सोबले २ तथा कप्तान बसन्त रेग्मी र पुनित मेहराले १र१ विकेट लिए । सीवाइसी अत्तरियाले प्रेम तामाङको स्थानमा ऋत गौतमलाई खेलाएकोथियो । रुपन्देहीले पहिलो २ खेल जितेको खेलाडीलाई नै निरन्तरता दिएको थियो ।