नेपालगन्जको बृटिस स्कुलमा निशुल्क स्वास्थ्य शिबिर,३०० जनाद्वरा स्वास्थ्य जांच
प्रकाशित मिति : २०७५, ३ फाल्गुन शुक्रबार १४:२४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।बृटिस स्कुलमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ। शुक्रबार शान्तिनगर नेपालगन्ज स्थित बृटिस ईंग्लिश बोर्डिङ स्कुलमा ईको हिमालयन ईन्टरनेशनल भक्तपुरको आयोजना तथा बिधालयको सहकार्यमा निशुुल्क स्वास्थ्य शिबिर आयोजना गरेको हो।
Advertisement
वडा नम्बर ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाको प्रमुख आतिथ्यमा एक दिने निशुल्क स्वास्थ्य चेक जाँच कार्यक्रम गरिएको हो। शिबिरको शुभारम्भ गर्दै वडा अध्यक्ष बेहनाले “स्वास्थ्यनै धन हो र हामी स्वास्थ रहन आहार र व्यबहारमा ख्याल गर्नु पर्ने कुरामा ध्यान दिन सुझाब दिएका थिए। साथै अध्यक्ष बेहनाले नियमित रुपमा योग गर्ने बानी बसाल्न पर्ने कुरा बताएका थिए।कार्यक्रममा बिधालयका संचालक समितीका अध्यक्ष निरज शाह, अभिभावकहरु लगायत अन्य स्थानियहरुको समेत उपस्थिति थियो।
शिबिरमा काठमाडौ बाट आएका वरिष्ठ प्राकृतिक चिकित्सक डा. दिपक प्रसाद चौलागाई र डाक्टर मानव चाम्लिङ राईले स्वास्थ्य पारिक्षण गरि औषधी वितरण गरेको स्कुलका प्रचार्य हेमन्त राज काफलेले जानकारी दिए । मेसिनद्वारा गरिएको चेक जांचमा ३०० जनाले निशुल्क स्वास्थ्य शिबिरको फाइदा लिएका छन् ।