नरैनापुरको मटेहियामा नि:शुल्क छाला तथा कुष्ठरोग शिबिर, २ सय ९० जना लाभान्वित
प्रकाशित मिति : २०७५, ७ फाल्गुन मंगलवार २१:३०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नरैनापुर(बाँके) ।बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ५ मटेहियामा भएको नि:शुल्क स्वास्थ्य शिबिरमा २ सय ९० जनाको स्वास्थ्य जाँच गरिएको छ ।
Advertisement
मटेहिया स्वास्थ्य चौकीको आयोजना तथा गाउँपालिकाको आर्थिक सहयोगमा मंगलबार स्वास्थ्य चौकीमा गरिएको नि:शुल्क छाला तथा कुष्ठरोग शिबिरमा १४७ जना पुरुष र १४३ जना महिलाको स्वास्थ्य जाँच गरिएको स्वास्थ्य चौकी प्रमुख सद्दाम हुसेन खाँले जानकारी दिनुभयो । आइएनएफको प्राबिधिक सहयोगमा भएको शिबिरमा छाला रोग विशेषज्ञ डा.रमन कुमार झाले स्वास्थ्य जाँच गर्नुभएको थियो ।