बाँकेमा फागुन १५ गते हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै
प्रकाशित मिति : २०७५, १० फाल्गुन शुक्रबार १६:२६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज। बाँकेमा यस बर्ष फागुन १५ गते हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदैछ । नवौं चरणमा खुवाउन लागिएको औषधि यसपटक भने स्वास्थ्यकर्मीले नै खुवाउनेछन् । १५ गते हरेक वडामा तोकिएका बुथमा औषधि खुवाइनेछ भने १६ गतेदेखि २६ गतेसम्म घरदैलो अभियान गरेर औषधि खुवाइने नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशबराज गौतमले जानकारी दिनुभयो ।
Advertisement
यसअघि महिला स्वास्थ्य स्वयम् सेविकाबाट औषधि खुवाउने गरिएकोमा अभियानलाई थप प्रभावकारी बनाउन यसपटक स्वास्थ्यकर्मीबाटै औषधि खुवाउने रणनीति बनाइएको गौतमले बताउनुभयो । बाँकेमा ५ लाख ८८ हजार २ सय ७८ जनालाई औषधि खुवाउन ३ सय ६८ स्वास्थ्यकर्मी खटिने आज नेपालगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रममा जानकारी दिइएको छ ।
त्यस्तै स्वास्थ्यकर्मीलाई सघाउन ७ सय ८९ महिला स्वास्थ्य स्वयम्सेविका खटिनेछन् । स्वास्थ्य कार्यालयकी दुर्गा गौतमले आठौं चरणसम्म औषधि खुवाउँदा अपेक्षित उपलब्धि हासिल नभएका कारण यो पटक स्वास्थ्यकर्मीबाटै औषधि खुवाउँदा स्थानीयहरु विश्वस्त र आश्वस्त हुने अवस्था देखेर नयाँ रणनीति अपनाइएको बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले नगरमा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियानलाई थप प्रभावकारी बनाउन लागिएको बताउँदै यो पटक औषधि सेवन गर्ने दर बृद्धि हुने विश्वास ब्यक्त गर्नुभयो ।