नेपालगञ्जमा जलबायु परिवर्तन अनुकुलन कार्यक्रमको उपलब्धि आदानप्रदान
प्रकाशित मिति : २०७५, १० फाल्गुन शुक्रबार १७:४१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित शहरी केन्द्रहरुका लागि उत्थानशीलता अभिबृद्धि र जलबायु परिवर्तन अनुकुलन कार्यक्रमको उपलब्धि आदानप्रदान कार्यक्रम आज नेपालगञ्जमा गरिएको छ ।
Advertisement
नेपालगञ्ज उमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाको अध्यक्षतामा भएको कार्यक्रममा जलवायु परिवर्तन तथा वातावरण संरक्षणको क्षेत्रमा काम गरिरहेका उद्यमी, वडा अध्यक्ष, वडा सदस्य लगायतको सहभागिता थियो । भेरी वातावरणीय विशिष्टता समूह (बि ग्रुप)को संयोजनमा सञ्चालित उत्थानशीलता अभिबृद्धि र जलवायु परिवर्तन अनुकुलन कार्यक्रमका बारेमा स्वच्छ उर्जा नेपालका लालमणि वाग्ले, अक्स्फाम नेपालकी बन्दना शर्मा, बि गु्रपका कार्यक्रम संयोजक रामनिवास यादव, उद्यमशील संस्थाका प्रतिनिधि लगायतले आफ्ना अनुभवहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै मेयर डा.राणाले परम्परागत वातावरणमैत्री उत्पादनहरुको संरक्षण गर्दै जलवायु परिवर्तन अनुकुलको कृषि कर्र्म गर्न जरुरी रहेको बताउनुभयो । उहाँले नेपालगञ्जमा विभिन्न १२ समूहले गरिरहेको कार्यको सराहना गर्दै भविष्यमा यसलाई अझ बढाउन दिन आग्रह गर्नुभयो । नेपालगञ्ज उपमहानगरपालिका जलवायु परिवर्तन अनुकुलन कार्यक्रमका लागि सहकार्य गर्न सधैं तत्पर रहेको बताउनुभयो ।