नेपालगन्ज राजधानी नभए कर्णाली प्रदेशमा गाभिने बाँकेबासीको माग
प्रकाशित मिति : २०७५, १२ फाल्गुन आईतवार १८:४३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।प्रदेशको नामाकरण र स्थायी राजधानीका लागि ५ नम्बर प्रदेशसभा विशेष समितिले आज नेपालगञ्जमा सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा सहभागी नेपालगञ्जका मेयर डा. धवल शम्शेर राणा लगायतले नेपालगञ्ज राजधानी नभए कर्णाली प्रदेशमा गाभिन तयार भएको समितिलाई सुनाउनुभयो ।
Advertisement
सहभागीले भौतिक पूर्वाधारले सम्पन्न भएको नेपालगञ्जलाई नै प्रदेशको राजधानी तोक्नुपर्ने, त्यसो हुन नसके पायक पर्ने स्थानमा तोक्नुपर्ने र त्यो पनि नभए विकल्पको रुपमा बाँके, बर्दियालाई कर्णाली प्रदेशमा मिसाउनुपर्ने सुझाव दिनुभयो । सम्पूर्ण पुर्वाधारयुक्त भएका कारण बाँकेलाई नै प्रदेशको राजधानी बनाउनुपर्ने माग जोडदार रुपमा उठेको कार्यक्रम संचालक जिल्ला समन्वय समितिका अधिकृत मिनबहादुर मल्लले बताउनुभयो ।
यसैबीच बाँकेबासीले नेपालगञ्जलाई नै राजधानी वनाउनका लागि संसदीय टोलीलाई ९ बुँदे ज्ञापन पत्र समेत बुझाएका छन् । विकासका लागि नागरिक सरोकार समितिका संयोजक कृष्ण प्रसाद श्रेष्ठको नेतृत्वमा ज्ञापन पत्र बुझाइएको हो । ज्ञापन पत्रमा प्रदेश राजधानीका लागि तत्काल आवश्यक पर्ने भौतिक पूर्वाधारहरु पर्याप्त र सहज उपलब्धता रहेको, राजधानी स्थापना पश्चात् प्रदेश राजधानीमा वृद्धि हुनसक्ने जनसंख्या, बसोबास समेतलाई पुग्ने पानीको स्रोत पर्याप्त मात्रामा रहेको लगायतका सम्भावना समेटिएको नागरिक सरोकार समितिका संयोजक श्रेष्ठले जानकारी दिनुभयो । सरोकारवालाहरुको राय संकलन गर्ने उद्देश्यले टोली प्रदेशका १२ वटै जिल्लामा पुगेर सुझाव संकलन गर्ने क्रममा छ ।