बाँकेमा आजदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन शुरु
प्रकाशित मिति : २०७५, १५ फाल्गुन बुधबार १३:४६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । १३ प्रतिशतमा संक्रमण भएको भनिएको बाँकेमा आजदेखि नवौं चरणको हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन सुरु गरिएको छ । आजदेखि बाँकेका ८ वटै स्थानीय तहमा औषधि खुवाउन शुरु गरिएको हो ।
Advertisement
प्रत्येक वडामा तोकिएको बुथहरुमा आज औषधि खुवाइँदैछ भने भोलिदेखि २६ गतेसम्म घरदैलो अभियान गरेर औषधि खुवाइने बताइएको छ । ५ लाख ८८ हजार २ सय ७८ जनालाई औषधि खुवाउन ३ सय ६८ स्वास्थ्यकर्मी खटिएका छन् । स्वास्थ्यकर्मीलाई सघाउन ७ सय ८९ महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरिएको छ ।
यसअघि महिला स्वास्थ्य स्वयमसेविकाबाट औषधि खुवाउने गरिएकोमा यो पटक भने स्वास्थ्यकर्मीले नै औषधि खुवाउन लागेको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशबराज गौतमले जानकारी दिनुभयो । गर्भवति, दिर्घरोगी, ७ दिनको सुत्केरी महिला र २ बर्ष मूनिका बालबालिका बाहेक सबैले औषधि खान सक्ने गौतमले बताउनुभयो ।