हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री अधिकारीको शव पोखरा प्रदर्शनी केन्द्रमा राखियो
प्रकाशित मिति : २०७५, १७ फाल्गुन शुक्रबार १४:१९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
काठमाडौं । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर गृहनगर पोखरा ल्याइएको छ ।
उहाँको शव श्रद्धाञ्जलीका लागि पोखरा प्रदर्शनी केन्द्रमा राखिएको छ ।मन्त्री अधिकारीलाई श्रद्धाञ्जलीका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपाका नेता नारायणकाजी श्रेष्ठ, बामदेव गौतम, योगेश भट्टराई, राजन भट्टराई, घनश्याम भुसाल, मन्त्री पद्मा अर्याल, कांग्रेस नेता चन्द्र भण्डारी पोखरा पुग्नुभएको छ ।
अधिकारीको पोखराको रामकोटस्थित सेती दोभानमा दाह संस्कार हुने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । श्रद्धान्लीलगत्तै अधिकारीको शव यत्रा नयाँ बजार, महेन्द्र पुल, रानीपौवा, अस्पताल चोक र गीता मन्दिर हुँदै रामघाट पुर्याइने छ । रामघाटमा अधिकारीको शवलाई राजकीय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ ।
यसैबीच नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव युवराज दाहालको दाहसंस्कार आजै पशुपति आर्यघाटमा हुँदैछ ।