प्रदेश ५ मा जुडो छनौट प्रतियोगिता नेपालगन्जमा शुरु, ह्यान्डबल र भारत्तोलन खेलको छनौट सम्पन्न
प्रकाशित मिति : २०७५, १७ फाल्गुन शुक्रबार १६:०२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । प्रदेश ५ मा जुडो खेलको छनौट प्रतियोगिता नेपालगन्जमा शुरु भएको छ। आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी शुक्रवारदेखि जुडो खेलका खेलाडीहरुको छनौट शुरु भएको हो। ३३ जना खेलाडीहरु समाबेश भएको छनौट प्रतियोगितामा शुक्रवार पहिलो चरणका खेल सम्पन्न भएको छ।
Advertisement
जुडो खेलको ५२ केजी महिला तर्फको छनौटको फाइनलमा बाँकेकै करिश्मा सुनार र निर्मला कुवर प्रबेश गरेका छन् । त्य्स्तै महिलाकै ५७ केजी तर्फ बर्दियाकि सकुन्तला आचार्य र बाँके कि बिनिता खत्री फाइनलमा प्रबेश गरेका छन। भोलि हुने फाइनलका लागी ४८ केजी महिला तर्फ दाङकि शारदा खत्री र बाँकेकि सोनिया भट्टको भिडन्त हुने भएको छ।
छनौट प्रतियोगिताकै पुरुष तर्फको ६६ केजी तौलको फाइनलमा बाँकेका अरुण सहानी र दाङका दिनेश बुढा मगर प्रतिस्पर्धा गर्दैछन् भने अन्य तौल समुहका खेलहरु भोलि हुने छनौट प्रतियोगिताका निर्देशक राजिब प्रधानले जानकारी दिएका छन् । आजदेखि शुरु भएको छनौट प्रतियोगितामा बाँके,बर्दिया,दाङ र प्युठान गरि ३३ जना खेलाडीहरु समाबेश भएको जुडो संघका केन्द्रिय सदस्य एबम बाँके जिल्ला अध्यक्ष पदम बुढाथोकीले बताएका छन् । छनौट प्रतियोगितामा जुडोका अन्त्र्तराष्ट्रिय खेलाडी मोहन बमले ५ सेट द्रेश समेेत सहयोग गरेका थिए।
यस्तै आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि महिला तथा पुरुष ह्यान्डबल र भारतोलन खेलका लागि खेलाडीको छनौट गरिसकेेेको छ। अन्य खेलहरुमा महिला क्रीकेट नेपालगन्जमा, बर्दियामा भलिबल खेलको छनौट भइरहेको छ भने फुटबलको छनौट भोलि देखि नेपालगन्जको तालिम केन्द्रमा हुने छ। करातेको लागी २१ गते देखि बुटवलमा छनौट खेल हुने मध्य पश्चिम् खेलकुद बिकास समितीका कार्यालय प्रमुख बिष्णु शर्माले बताए।