इन्स्पाइरिङ्ग युथको १२५ औं श्रृंखलामा सडक बालबालिकाको व्यवस्थापनका विषयमा छलफल
प्रकाशित मिति : २०७५, १८ फाल्गुन शनिबार १७:५६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । बासले गर्दै आएको इन्स्पाइरिङ्ग युथको १२५औं श्रृंखलामा सडक बालबालिकाको व्यवस्थापनका विषयमा छलफल गरिएको छ । नेपालगञ्जमा आज गरिएको प्यानल छलफलमा नेपालगञ्ज उपमहानगरपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख शोभा शाह, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी सहायक निरिक्षक भिमराज ओली र रेडियो सद्भावका स्टेशन प्रमुख नवीन गिरीले आफ्ना पेशागत अनुभव सुनाउनु भएको थियो।
Advertisement
साथै सडक बालबालिकाको व्यवस्थापनका विषयमा सहभागीले राखेका जिज्ञासाको जवाफ दिनुभएको थियो । शाहले सडक बालबालिकाको अवस्था, उद्दार, संरक्षण र व्यवस्थापनमा सरोकारवाला निकायको कर्तब्य र भूमिका, ओलीले सवारी साधनमा काम गर्ने बालबालिकाको अवस्था र गिरीले सडक बालबालिकाको व्यवस्थापनमा मिडियाको भूमिकाका विषयमा बोल्नुभएको थियो । बासका रविन्द्र बोहराले सहजीकरण गरेको कार्यक्रममा बाल तथा युवा अधिकारकर्मी लगायत अन्य बालबालिका तथा युवाहरुको सहभागिता थियो ।