२३ करोड थान नयाँ नोट छाप्दै नेपाल राष्ट्र बैंक
प्रकाशित मिति : २०७५, २२ फाल्गुन बुधबार १०:११
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौँ: नेपाल राष्ट्र बैंकले रु ५० दरको २३ करोड थान नयाँ नोट छाप्ने भएको छ । बैंकले उक्त नयाँ नोट छाप्नका लागि फ्रान्सको ओवर्थर कम्पनीलाई जिम्मा दिएको छ । विश्वव्यापी बोलपत्रका आधारमा फ्रान्सेली कम्पनी छानिएको हो ।
Advertisement
बैंकमा सूचीकृत कम्पनीबाट बोलपत्र आह्वान गरी सूचना प्रकाशित गरिएकोमा न्यूनतम प्रस्ताव गर्ने उक्त कम्पनी छानिएको बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिनुभयो । फ्रान्सेली कम्पनीले ४७ करोड ७२ लाख ५०० यूरोमा उक्त परिमाणको नोट छाप्ने जिम्मा पाएको छ । बैंकका अनुसार ती नयाँ नोट आगामी दशैँसम्ममा आइपुग्नेछ ।