कैलाली कांग्रेसले थाल्यो जनजन काँग्रेस अभियान
प्रकाशित मिति : २०७५, २३ फाल्गुन बिहीबार १२:३८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
धनगढी । नेपाली कांग्रेस, कैलालीले जिल्लाका सबै १ सय २६ वडाहरुमा बुधवारदेखि ‘तनमन कांग्रेस, जनजन कांग्रेस” अभियान थालेको छ ।
नेपाली कांग्रेस कैलालीका सभापती नरनारायण शाह मनुका अनुसार महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरुलाई उक्त नाराका साथ साथ एक महिने अभियानका लागि खटाइएको छ । अभियानमा ६९ जनालाई जिल्ला प्रतिनिधि बनाई खटाएको छ ।
Advertisement
जिल्ला कार्य समितिको बुधवार केन्द्रीय उपसभापति एवं पूर्व उपप्रधानमन्त्री माननीय विजयकुमार गच्छदारको उपस्थितिमा बसेको विस्तारित बैठकले उक्त निर्णय गरेको हो ।
जिल्लाको स्थानीयस्तरमा संगठनको वर्तमान अवस्थाको अनुगमन तथा मूल्यांकन गरी यर्थातपरक प्रतिवेदन जिल्लामा बुझाउन प्रतिनिधिहरुलाई निर्देशन दिइएको छ । जिल्लाले विगत २ वर्ष देखि निरन्तर सुचारु राखेको निर्वाचन क्षेत्र देखि वडास्तर सम्मको प्रशिक्षण लगायत साधारण सदस्यता वितरण अभियान संचालन भए नभएको र वार्षिक सम्मेलनहरु नयां संरचना अनुसार आयोजना गर्न समेत जिम्मेवारी प्रदान गरी पठाईएको छ ।
प्रतिनिधिहरुले स्थानीयस्तरमा भातृसंगठन एवं शुभेच्छुक संघसंस्थाहरुको संरचनाको विवरण र भूमिकाका सम्बन्धमा पनि आफ्नो राय, सुझाव बुझाउने छन् । पार्टी तथा प्रतिस्पर्धी अन्य राजनीतिक दलहरुबीचको तुल्नात्मक अध्ययन र मुल्यांकन गरी प्रतिवेदनमा निस्कर्ष सहित उल्लेख गर्ने भनिएको छ । अन्य राजनीतिक दलबाट नेपाली कांग्रेसमा प्रवेश गरेकाहरुको समुचित समायोजन तथा व्यवस्थापन गर्न सबै तहका समितिहरुलाई प्रतिनिधिहरु मार्फत निर्देशन दिइएको छ ।
सत्ताको आडमा संघीय, प्रदेश हुदै स्थानीय तहको विकास निर्माण कार्यमा दिनहँु बढदै गएको व्यापक संस्थागत भ्रष्टाचार, अनियमितता र मनपरितन्त्रलाई नियन्त्रण गर्न सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दै, ढीलो नगरी वडास्तर देखीनै छाया सरकारको गठन गर्न भनिएको छ ।
गाउंघरमा स्थानीय बुद्धिजिवीहरु संगको छलफल र जनता संगको प्रत्यक्ष सम्पर्कमा बस्दै, पार्टीका सैद्धान्तिक र वैचारिक पक्षहरु बारे जानकारी गराउन समेत आग्रह गरिएको छ । सबै तहमा एकता तथा मेलमिलापको भावनालाई सुदृढ तुल्याई आपसी भाईचारा र सद्भावलाई वृद्धि गर्न अग्रणी भुमिका खेल्न समेत प्रतिनिधिहरुलाई निर्देशन गरिएको छ । तपसिल बमोजिमका स्थानिय तहमा निम्नानुसारका जिल्ला प्रतिनिधिहरु खटाइएको छ ।
को को कहाँ खटाईए ?
धनगढी उपमहानगरपालिका – डा. लक्ष्मीराज पाठक, पदमराज भट्ट, गोपाल देउवा, बसन्ती ओझा, गोमा केसी, रामचन्द्र ओझा (क), शारदा केसी, खडकसिंह बडैला, गंगाराम कामी, फिरुराम राना, बिरेन्द्र भट्ट तथा रामचन्द्र ओझा (ख) ।
गोदावरी नगरपालिका – माननीय टेक बहादुर रैका, पुष्पा भट्ट, प्यारेलाल राना तथा नारायणदत्त भट्ट । चुरे गाउँपालिका – उत्तम कठायत तथा कृष्ण बहादुर महरा । गौरीगंगा नगरपालिका – बब्लु चौधरी, रत्ना मल्ल, आनन्दराज जोशी, गजेन्द्रराज पन्त तथा प्रेम बिसी ।
कैलारी गाउंपालिका – रिता चौधरी, चेतराज श्रेष्ठ, टेकराज जोशी, गणेश देउवा, कलावती शाह, जित बहादुर राना तथा रामकुमारी चौधरी ।
भजनी नगरपालिका – टेक बहादुर चौधरी, रामसमझ चौधरी, माया चौधरी, प्रतिभा कठरिया तथा बिर बहादुर चौधरी ।
घोडाघोडी नगरपालिका – बिर बहादुर हमाल, रामनाथ उपाध्याय, भरतराम चौधरी, सरिता उप्रेती, प्रताप ताम्राकार, विजय स्वाँर तथा परशराम चौधरी ।
बर्दगोरिया गाउंपालिका – लक्ष्मीराज जोशी, लोकबहादुर महतो, बुद्धिसागर चौधरी तथा चन्द्र चौधरी ।
जोशीपुर गाउंपालिका – पुरन चौधरी, गोविन्दराज जोशी तथा अरुण चौधरी ।
लम्कीचुहा नगरपालिका – नृप खडका, रमेश केसी, विष्णुदेवी रावल, देवेन्द्रसिंह नेपाली, धर्मराज न्यौपाने तथा गंगादेवी चौधरी ।
जानकी गाउंपालिका – दल बहादुर सांवद, तेज बहादुर बिष्ट, मान बहादुर महतौ, केशरी बिष्ट तथा फकिर सिंह कडायत ।
मोहन्याल गाउंपालिका – जनक बहादुर बम, नरसिंह सार्की तथा भिम बडुवाल , टीकापुर नगरपालिका – कमल बहादुर शाह, शिवा थापा, सुमन सन्जयाल, छत्र टेलर, हुर्मत चलाउने तथा बिरेन्द्र प्रसाद रायलाई खटाईएको छ ।
# Paschim Today