प्रदेश सांसद देवकी मल्ल अपहरणपछि मुक्त
प्रकाशित मिति : २०७५, २५ फाल्गुन शनिबार ०८:२३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
बझाङ । प्रदेश सांसद देवकी मल्ल शुक्रवार अपहरणपछि मुक्त भएकी छिन्। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बझाङका सेक्रेटरी भरत मल्लको समूहले आफूलाई अपहरण गरेको सांसद मल्लले बताइन्। भरत सांसद देवकीका भाइ हुन्। बुगल नगरपालिकाबाट बिथ्डचिर गाउँपालिकामा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न जाँदै गर्दा आफूलाई केदारस्यु गाउँपालिका ५ बगडी (पाउटा) बाट नेकपाका कार्यकर्ताले शुक्रबार बिहान ९ बजे अपहरण गरी बेलुका ४ बजे छोडिदिएका सांसद देवकीले बताइन्।
Advertisement
बझाङ निर्वाचन क्षेत्र ख बाट प्रदेशसभा सदस्यमा विजयी देवकी बुगल नगरपालिका ४ खिरातडीमा स्वास्थ्य शिविर र घरेलु सिलाइकटाइ तालिम उद्घाटन गरी बिथ्डचिर गाउँपालिकातर्फ जाँदै गरेका बेला अपहरण्मा परेको बताइएको छ। चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले आफूलाई अपहरण गरी विभिन्न धम्की दिएर छाडेको सांसद देवकीले बताइन्।
चन्द नेतृत्वको माओवादीका एक नेताले दारस्यु गाउँपालिकाको देउरामा आयोजना गरिएको नेपाल महिला संघ क्रान्तिकारीको भेलामा सरकार पक्षले हस्तक्षेप गरेको र अछामबाट पक्राउ केन्द्रीय अध्यक्ष बन्दु चन्दलाई रिहा गर्न दबाब दिन सांसद देवकीलाई अपहरण गरेको बताएका छन्। सासंद देवकीका बाबु धनबहादर चन्द नेतृत्वको नेकपाका केन्द्रीय सल्लाहकार र भाइ भरत जिल्ला सचिव हुन्। चन्द्र नेतृत्वको नेकपाले भने प्रेस विज्ञप्तिमार्फत सांसद देवकीको अपहरणमा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको जनाएको छ। उसले अपहरण घटनामा गम्भीर ध्यानार्कषण भएको पनि जनाएको छ। नागरिक न्युजबाट ।