नेपालगञ्जबाट डिजीटलाइज प्रविधीसहितको सेवा शुरु
प्रकाशित मिति : २०७५, २५ फाल्गुन शनिबार १९:१८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज।नेपालमै पहिलो पटक नेपालगञ्जमा डिजीटलाइज प्रविधीसहितको सेवा शुभारम्भ गरिएको छ । सेतुविक चौकस्थित डटवक्र्स टेक्नोलोजीजको आज एक समारोहबीच नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शम्शेर राणाले शुभारम्भ गर्नु भयो । डटवक्र्स टेक्नोलोजीजमा जीपीएस टे«किङ, वेभ डिजाइन, डिजीटल मार्केटिङ, सीसीटीभी क्यामेरा जडान र स्क्रीन प्रिण्टीङ सेवा दिइने भएको छ ।
Advertisement
सात जना सफ्टवेयर इन्जिीयरको टिमले सञ्चालनमा ल्याएको सो कम्पनीमा करिव ८० लाख लगानी गरिएको छ । सफ्टवेयरका माध्यमबाट गाडी, बाइकमा जीपीएस टे«किङ सेवा जडान गरेर आफु र आफनो गाडीको सुरक्षा गर्न सकिने छ । सञ्चालक मोविन सिद्यीकीले विद्यालयमा अध्यनरत विद्यार्थीको समय र सुरक्षालाई लक्षित गरेर मोवाइल एप्स सेवा प्रारम्भ गरिएको जानकारी दिनु भयो। एप्स सेवाले शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्यलाई प्रगाढ बनाउनुका साथै शैक्षिक गुणस्तर वृद्धिमा पनि मद्यत पु¥याउने विश्वास गरिएको छ । सुरक्षासँगै व्यवसाय प्रवद्र्धनमा प्रविधीको उच्चतम प्रयोगमा आफुहरु तत्पर रहेको सिद्यीकीले प्रतिवद्धता व्यक्त गर्नु भयो ।
उदघाटन समारोहमा बोल्दै नगर प्रमुख राणाले नयाँ प्रविधिको प्रयोगले अधिकतम सेवा लिन सकिने भएकाले यसतर्फ केन्द्रीत हुन पनि नगरवासीमा आहवान गर्नु भयो । दैनिक नेपालगञ्जका प्रधान सम्पादक झलक गैरेले डीजीटाइलेजेशनले आमसमुदायको कामलाई सहज बनाइनुका साथै व्यवसाय पवद्र्धनमा समेत सहयोग गर्ने विश्वास व्यक्त गर्नु भयो । प्राविधिक सहकार्य गरेको म्याक्स कनेक्ट वल्र्डका प्रतिनीधी जितेन्द्र राघवले यस्तो खाले सेवाबाट धेरै भन्दा धेरै फाइदा लीन आम समुदायलाई अपील गर्नु भयो ।