वडा नम्बर १५ नेपालगञ्जमा सिलाईकटाई तालिम सम्पन्न
प्रकाशित मिति : २०७५, २७ फाल्गुन सोमबार १३:४६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ पिप्रहवामा सञ्चालित अढाई महिने सिलाईकटाई तालिम आज सम्पन्न भएको छ । वडा नम्बर १५ को सहयोग र रुसुफ मल्टिप्रपोज प्रालिको आयोजनामा पुष ७ गतेदेखि सञ्चालित तालिममा २२ जना महिलाले तालिम लिएका थिए ।
Advertisement
लक्षित बर्ग कार्यक्रम अन्तर्गत् सञ्चालित तालिममा २२ जनालाई नै एक–एक वटा सिलाईकटाई मेसिन प्रदान गरिएको रुसुफका प्रबन्धक मुस्ताक अलि राईले जानकारी दिनुभयो । समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष वल्लन कबाडियाले सिकेको सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । वडा सचिव शोभाकर भण्डारीले महिलाहरुलाई सीप सिकाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम दिइएको बताउँदै आगामी बर्षमा पनि सिलाईकटाई तालिमलाई निरन्तरता दिइने बताउनुभयो ।
कार्यक्रममा रुसुफकी कार्यक्रम संयोजक करुणा बयलकोटीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । अध्यक्ष कबाडिया, सचिव भण्डारी, रुसुफका राई, बयलकोटी लगायत वडा सदस्यहरुले सहभागीलाई सिलाईकटाई मेसिन हस्तान्तरण गर्नुभएको थियो । तालिम लक्ष्मी लखेरले दिनुभएको थियो ।