हतियारसहित फेला परे तत्काल गोली हान्नु: नेपाल सरकार
प्रकाशित मिति : २०७५, ३० फाल्गुन बिहीबार ०७:५१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । सरकारले बिप्लबका कार्यकर्ता सग हतियारसहित फेला परे तत्काल गोली हान्न आदेश दिएको छ।नेत्रविक्रम चन्द विप्लव समूहको गतिविधिलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति सत्तारुढ दल नेकपाका नेताहरुले जनाएको असन्तुष्टिबारे कान्तिपुरले मुख्य समाचार बनाएको छ ।
Advertisement
निर्णय गर्नुअघि सरकारले पार्टीमा छलफल नगरेको भन्दै नेकपा नेताहरुले मुखै फोरेर त्यसको स्वामित्व लिन नसक्ने बताउन थालेका छन् ।
सरकारले विप्लवको गतिविधि नियन्त्रण गर्ने निर्णय गरेको भोलिपल्ट अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवासमा सचिवालयमा रहेका माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र झलनाथ खनालको भेला भएको र प्रतिबन्धबारे समीक्षा गरेको समाचारमा उल्लेख छ ।
प्रतिबन्ध लगाएसँगै त्यसको असर देखिन थालेको छ । भरतपुरमा बुधबार विस्फोट भएको छ भने विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्माको गृहजिल्ला कालीकोटमा प्रहरीले सर्च एण्ड एरेष्ट अपरेशन सुरु गरेको छ ।
कान्तिपुर लेख्छ– सरकारले चन्द समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै प्रदेशहरुमा सुरक्षा सतर्कता बढाएको छ । सुरक्षा निकायलाई आन्तरिक विज्ञप्तिमार्फत दिइएको सूचनामा भनिएको छ– हतियारसहित फेला परे तत्काल फायर खोल्नू ।’
शान्तिपूर्ण भेला वा कार्यक्रम गर्न पनि विप्लव समूहलाई प्रतिबन्ध लगाइएको छ । प्रहरीले शान्तिपूर्ण गतिविधि गरेमा मात्रै पनि उनीहरुलाई नियन्त्रणमा लिने नीति लिएको छ । कान्तिपुरबाट।