अख्तियारका प्रसनि जन्म अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
प्रकाशित मिति : २०७५, ४ चैत्र सोमबार ०८:१६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा तामेलीमा राखिदिने भन्दै घुस लिने आयोगमै कार्यरत असईविरुद्ध भ्रष्टाचार मुद्दा दायर रगेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतमा कार्यरत प्रहरी सहायक निरीक्षक जन्म अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
Advertisement
सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको प्रमाणसहित पक्राउ परेका उनले आयोगमा विचाराधीन रहेको सेवाग्राहीविरुद्ध बाटो ग्रावेल गर्दा अनियमितता गरेको सम्बन्धमा परेको उजुरी कारबाही सहजीकरण गरिदिने भनी घुसल लिएका अख्तियारको दावी छ ।
उनले चन्दननाथ उच्च माध्यमिक विद्यालयका शिक्षकविरुद्ध आयोगमा परेको शैक्षिक प्रमाणपत्रसम्बन्धी उजुरीमा अनुसन्धान भइरहेका बेला १४ हजार ८ सय रुपैयाँ घुस लिएको पनि अख्तियारले जनाएको छ ।
अधिकारीले आफू अख्तियारको सिनियर प्रहरी निरीक्षक हुँ भनी फेसबुक प्रोफाइलमा राखेकोमा पनि अख्तियारले छुट्टै कारबाहीको मागदावी गरेको छ । नपाएको ओहोदा पाएं भनी अरुलाई विश्वासमा पारी बदनियतपूर्वक आफूले गैरकानूनी तवरबाट फाइदा लिने मनसाय राखेको अख्तियारले जनाएको छ । अनलाइनखबरबाट।