आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारीमा होमियो परिषदको पुरै टोली
प्रकाशित मिति : २०७५, ४ चैत्र सोमबार ०९:४०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । चैत्र १९ गतेदेखि शुरु हुन लागेको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारीका लागी राष्ट्रिय खेलकुद परिषदको पुरै टोलि रातदिन लागी परेको छ।
Advertisement
प्रतियोगिता तयारीका लागि अहिले राखेपका सदस्य सचिव केशव बहादुर विष्टसहित राखेपका पदाधिकारी र कर्मचारीहरु पनि नेपालगन्जमा दिनरात खटिएका छन् ।सबैजना मिलेर खटिएपछि नेपालगञ्जमा आयोजना गरिने सो प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
नेपालगन्जको अस्तित्वसंग गाँसिएको सो प्रतियोगितालाई यसै बर्षमा सम्पन्न गर्ने गरी सबैजना अहोरात्र खटिएका हुन् ।
प्रतियोगिता तयारीको निरिक्षण र अनुगमन राखेप सदस्य सचिव विष्टले प्रत्यक्ष रुपमा आफै गरिरहेका छन्। उनलाई प्रादेशिक खेलकुद विकास समितिका अध्यक्ष भिम ओली लगायतका पदाधिकारी र कर्मचारीहरुले सघाई रहेका छन् ।विभिन्न उपसमितिका संयोजक लगायत पदाधिकारी पनि नेपालगन्ज पुगेर तयारीलाई तिव्र पार्न सहयोग गरिरहेका छन् ।
यसैविच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव विष्टले चैत महिनाको १९ देेेखि नेपालगञ्जमा आयोजना गरिने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको सबै तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।
सोही प्रतियोगिताको सन्दर्भमा विभिन्न खेलकुद संघका पदाधिकारी र ३५ वटा खेलका प्रशिक्षकहरुसंगको बैठकमा सदस्य सचिव विष्टले चालु आर्थिक बर्षमै प्रतियोगिता गर्ने राखेपको अठोट पुरा हुने बताए ।
यसैविच आइतवार नै रोहित दाहालको संयोजकत्वमा रहेको प्रचार प्रसार उपसमितिले पनि स्थानीय संचारकर्मीहरुसंग अन्तरक्रिया गरेको छ ।
उनले त्यसको लागि राखेपका सम्पूर्ण पदाधिकारी र कर्मचारी नेपालगञ्जमा जमेर बसेको जनाउँदै विभिन्न उपसमितिहरु पनि सक्रिय भैसकेको बताए ।
आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा ३५ खेलमा करीब पाँच हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने प्रादेशिक खेलकुद विकास समितिका अध्यक्ष ओलीले जानकारी दिए ।