आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिडिया सेन्टरको उद्घाटन
प्रकाशित मिति : २०७५, ४ चैत्र सोमबार १७:२८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशब कुमार विष्टले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता कुनै पनि हालतमा चैतमै हुने बताउनुभएको छ । नेपालगञ्ज रंगशाला परिसरमा आज मिडिया सेन्टरको उद्घाटन गर्दै सदस्य सचिव विष्टले चैतको २५ देखि ३० गतेसम्ममा प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने तयारी भइरहेको जानकारी दिँदै प्रतियोगिताका खेलहरु भने २० गतेदेखि नै शुरु गरिने जानकारी बताउनुभयो ।
Advertisement
उहाँले भिआइपी प्याराफिट आउन ढिलाई भएका कारण मिति तोक्न समस्या भइरहेको बताउनुभयो । ‘भोलि रातिसम्म प्याराफिट नेपालगञ्ज आइपुग्छ, त्यसपछि काम धमाधम अघि बढ्छ, बढीमा १५ दिनमा प्याराफिट बनाएर सकिन्छ,’ विष्टले भन्नुभयो । ‘हामी कुनै हालतमा पनि चैतमै प्रतियोगिता गर्छौं, तपाईंहरु विस्वस्त हुनुहोस्, सदस्य सचिव विष्टले भन्नुभयो, ‘कुनै ठूलै प्रलय भए बैग्लै कुरा…नत्र अब चैतमा प्रतियोगिता हुनबाट रोकिने कुनै कारण र अवस्था छैन, सबै उपसमितिहरुले तीब्र गतिमा काम गरिरहेका छन्, ढिलोमा चैत अन्तिम सातासम्म प्रतियोगिता हुन्छ ।’
क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले अब प्रतियोगिता हुँदैन कि भन्ने शंका हटेको बताउनुभयो । ‘प्रतियोगिता २०७५ मै हुँदैन कि भन्ने शंका अब आजका दिनदेखि रहेन, सबै मिलेर यो मिसनलाई सफल बनाउन लागौं, प्रतियोगितालाई उपलब्धिमूलक र ऐतिहासिक बनाऔं, ओलीले भन्नुभयो ।’ सदस्य सचिव विष्टले आज नै प्रतियोगिताको स्टिकर र जिंगल पनि लञ्च गर्नुभएको थियो ।