नेपालगञ्जमा दन्त शिविर,पाँच सय पाच जनाको दाँत परिक्षण
प्रकाशित मिति : २०७५, ५ चैत्र मंगलवार १८:४३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज। विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपालगञ्जमा मंगलबार सञ्चालन गरिएको निःशुल्क दन्त शिविरमा पाँच सय बढिले स्वास्थ्य परिक्षण गराएका छन् । विश्व मुख स्वास्थ्य दिवसको पूर्व सन्ध्यामा नेपालगञ्ज उपमहानगरपालिकाको मूल गेट अगाडी आयोजना गरिएको शिविरमा पाँच सय पाँच जनाले दन्त परिक्षण गराएका हुन् । शिविरको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा.धवल शम्शेर राणाले आफ्नो दाँत परिक्षण गराएर शिविरको उदघाटन गुर्नुभएको हो ।
Advertisement
से आहा, थिंक माउथ, थिंक हेल्थ भन्ने नाराका साथ नेपालगञ्ज उपमहानगरपालिका तथा नेपाल डेन्टल एसोशिएसन बाँकेको आयोजना तथा गुरुकुल सहकारी संस्थाको समन्वयमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा सर्वसाधारणको दन्त परिक्षण, दाँत माझ्ने तरिका सिकाउनुका साथै ब्रस र मन्जन पनि निःशुल्क प्रदान गरिएको थियो ।
दाँतमा समस्या देखिएकाहरुलाई नेपालगञ्जस्थित भेरी अस्पताल रिफर गरिएको छ । शिविरमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, एशोसिएसनका अध्यक्ष डा. भावनी न्यौपाने, उपाध्यक्ष डा. अनिल गुप्ता, उपमहानगरपालिका स्वास्थ्य शाखाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो । शिविरमा नेपालगञ्जमा रहेका सम्पूर्ण डेन्टल क्लिनिकका डाक्टरहरुले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।