नेपालगञ्ज मेडिकल कलेजमा डेढ किलोग्राम ट्युमरको सफल अपरेशन
प्रकाशित मिति : २०७५, १० चैत्र आईतवार १६:२०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज।नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जले ७२ बर्षीय एक जेष्ठ नागरिकको बायाँ गालामा रहेको झण्डै डेढ किलोग्राम ट्युमरको सफल अपरेशन गरेको छ । नरैनापुर गाउँपालिका वडा नम्बर ६ बन्दराका ७२ बर्षीय वरीलाल अहिरको बायाँ गालामा १० बर्षको उमेरदेखि पलाएको ट्युमरको सफल अपरेशन गरिएको अस्पतालका सहायक निर्देशक डा.कुमार पोखरेलले बताउनुभयो । अस्पतालले आज पत्रकार सम्मेलन गरेर अहिरको बायाँ गालामा रहेको ट्युमरको निःशुल्क अपरेशन गरिएको जनाएको छ ।
Advertisement
चैत्र ७ गते अस्पताल भर्ना भएका अहिरको ८ गते डेन्टल सर्जन डा.द्वारिका प्रसाद बजगाईं, डा.अरुण कुमार महत तथा नाक, कान, घाँटी विशेषज्ञ डा.अंशु शर्मा, एनेस्थेटिक डा.नवीन रेग्मी, डा.कपिल पोखरेल लगायतको चिकित्सक तथा प्राविधिक कर्मचारीहरुको टिमले सफल अपरेशन गरेको प्रशासन प्रमुख कुमार अधिकारीले जानकारी दिनुभयो । अपरेशन गर्दा स्नायुहरुमा क्षति पुग्ने जोखिम हुने भएपनि आफूहरुले २ घण्टा लगाएर सफलतापूर्वक अपरेशन गरेको र अहिले विरामीको अवस्था खतरामुक्त रहेको डा.बजगाईंले बताउनुभयो । यस खाले ट्युमर पलाएका विरामी धेरै भएपनि यति ठूलो ट्युमर विरलै हुने गरेको डा. बजगाईंको भनाई छ ।
सानै उमेरमा बुवा आमा गुमाएका, आफन्त कोही पनि नभएका असहाय, आर्थिक समस्याले उपचार गर्न नसकिरहेका व्यक्तिलाई अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व सम्झेर सबै खर्च आफैं व्यहोरेर उपचार गरेको अस्पतालका निर्देशक डा.एम.किदवाईले बताउनुभयो । विपन्न तथा अति विपन्न व्यक्तिहरुलाई स्थानीय सरकारले सिफारिस दिएको अवस्थामा अस्पतालले उनीहरुको निःशुल्क उपचार गर्दै आइरहेको डा.किदवाईले जानकारी दिनुभयो ।