बाँकेमा बिप्लबका चार जना कार्यकर्ता पक्राउ, अनुसन्धान अघि बढाईदै
प्रकाशित मिति : २०७५, १३ चैत्र बुधबार १३:१४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले नेत्र विक्रम चन्द (विप्लब) नेतृत्व चार जना कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न मुद्दामा अनुसन्धान गर्न विप्लब नेतृत्वको नेकपाका तीन जना कार्यकर्तालाई जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको बाँके प्रहरीले जनाएको छ ।
Advertisement
गोप्य सूचनाको आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेलले जानकारी दिनुभयो । प्रहरी प्रमुख पौडेलले अहिले अनुसन्धान भइरहेको र अनुसन्धानपछि मात्र दोषी वा निर्दोष पत्ता लाग्ने बताउनुभयो ।
पक्राउ पर्नेहरुमा बैजनाथ गाउँपालिका–१, चिसापानी बस्ने कृष्णबहादुर शाही, सल्यान घर भई नेपालगन्ज उपमहानगरपालिका–२० मा चित्रबहादुर बिक ‘कुमाख’, हुम्ला घर भई कोहलपुर–११ मा बस्दै आएका दानबहादुर खड्का र राप्तीसोनारी गाउँपालिका–१ का सन्तोष खड्का रहेका छन् ।