परीक्षा रद्द : आफूहरुको भविष्यमाथि खेलबाड गरेको भन्दै आन्दोलनमा
प्रकाशित मिति : २०७५, १५ चैत्र शुक्रबार ०९:११
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
फाइल तस्वीर
सिरहा : प्रदेश नम्बर २ मा एक पछि अर्को गरी प्रश्न पत्र बाहिरिएपछि विद्यार्थीहरु सडक आन्दोलनमा निस्किएका छन् । आज (शुक्रबार) सामाजिक विषयको परीक्षा दिन परीक्षा केन्द्र पुगेका विद्यार्थीहरु परीक्षा रद्द भएपछि आफूहरुको भविष्यमाथि खेलबाड गरेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।
Advertisement
उनीहरुले प्रश्न पत्र बाहिरिएपछि जिम्मेवार निकायलाई कडा कारबाहीको माग राख्दै सिरहाको चोहर्वा र लाबन्दीमा सडक अवरुद्ध गरेका छन् । परीक्षापत्र बाहिरिनुमा दोषी विद्यार्थी नभएको भन्दै विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न नमिल्ने उनीहरुले बताएका छन् ।
प्रदेश नम्बर– २ मा माध्यमिक शिक्षा परीक्षामा चरम लापरबाही देखिएको छ । विगतका वर्षहरुमा तराईका जिल्लामा अधिक मात्रामा चिट चोरेका घटना सार्वजनि हुने गरेको भए पनि यो वर्ष भने लगातार दुई दिन प्रश्न पत्र बाहिरिएको घटना सार्वजनिक भएको हो ।
बिहीबार विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित भएको थियो भन शुक्रबार पनि सामाजिक विषयको परीक्षा रद्द गरिएको छ ।