नेपाल बार एशोसिएसन निर्वाचन : नेपालगन्जमा प्रदेश सांसद हमालसहित १०० जनाले गरे मतदान, निर्वाचन आज ४ बजे सम्म
प्रकाशित मिति : २०७५, १६ चैत्र शनिबार १०:२२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।नेपाल बार एशोसिएसनको नयाँ नेतृत्व चयनका लागि आज देशैभरी निर्वाचन हुँदैछ । लोकतान्त्रिक र प्रगतिशील समूहका कानुन व्यवसायीहरु प्यानलसहित निर्वाचनमा होमिएका छन् । अहिले सम्म नेपालगन्जमा १०० जनाले मतदान गरिसकेका छन् भने मतदान आज साझ ४ बजे सम्म रहने उच्च अदालत बार एशोशियशन नेपालगन्जका निबर्तमान अध्यक्ष बल बहादुर चन्दले बताउनु भयो। नेपालगन्जमा प्रदेश ५ सभा सदस्य एबम अधिवक्ता सुरेन्द्र बहादुर हमालले मतदान गरेको चन्दले बताउनु भयो।त्य्स्तै नेपालगन्ज अधिवक्ता एबम नेपालगन्ज उपमहानगरपलिका १ का अध्यक्ष प्रमोद रिजाल समेत मतदान गरिसक्नु भएको छ।
Advertisement
तीन वर्षे कार्यकालका लागि अध्यक्षमा आठ जना, महिला उपाध्यक्ष, प्रदेश ३ को उपाध्यक्ष एवम् महासचिव पदमा तीन-तीन जना उम्मेदवार छन् । बाँकी छ प्रदेशको उपाध्यक्ष पदमा १४ जना र सदस्यमा ३२ जना उम्मेदवार रहेको निर्वाचन समितिले जनाएको छ।लोकतान्त्रिक समूहको नेतृत्व सुनिल कुमार पोखरेल र प्रगतिशील समूहको नेतृत्व चण्डेश्वर श्रेष्ठले नेतृत्व गरेका छन् । प्रगतिशील प्यानलमा जनजाती तथा मधेसी फोरम निकट समूहसमेत छन् ।त्य्स्तै नेपालगन्जमा निर्बाचन भइरहेको छ।
बार एसोसिएसनका कुल मतदाता देशभर १० हजार ३१३ छन् । काठमाडौं उपत्यकामा मात्रै ५ हजार ५ सय र मतदाता छन् । काठमाडौं उपत्यकाभित्र सर्वोच्च अदालत, नेपाल बार एसोसिएसन, उच्च अदालत पाटन र काठमाडौं जिल्ला अदालतमा मतदान केन्द्र तोकिएको छ । यसैगरी काठमाडौं उपत्यका बाहिर ३४ मतदान केन्द्र निर्धारण गरिएको छ ।