हावा र हुरीले मृत्यु भएका परिवारलाई प्रदेश सरकारले जनही ३ लाख रुपैयाँ दिने
प्रकाशित मिति : २०७५, १८ चैत्र सोमबार ०८:५७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
पर्सा।आइतबार साँझ बारा र पर्सामा आएको हावा र हुरीले मृत्यु भएका ३० जना बढीको परिवारलाई प्रदेश सरकारले जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ । सोमबार बिहान बसेको २ नम्बर प्रदेश मन्त्री परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकले घाइतेको उपचार गर्ने, घरवार विहिन भएकालाई वासस्थानको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
Advertisement
मुख्य मन्त्रीको नेतृत्वमा प्रदेश २ का मन्त्रीहरु अहिले घटनास्थल जाँदै छन् । आइतबार राति बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट ३० जनाभन्दा बढीको मृत्यु भएको छ । कलैया, वीरगञ्ज लगायतका अस्पतालहरुमा ५ सय भन्दा बढी घाइतेहरु उपचारत छन् ।