नेपालगन्ज उपमहानगरपालिकाले महिलाहरुलाई निःशुल्क सवारीसाधन तालिम दिदै
प्रकाशित मिति : २०७५, २२ चैत्र शुक्रबार १२:२५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिकाले महिलाहरुलाई सवारीसाधन चलाउन निःशुल्क प्रशिक्षण दिने भएको छ । चैत १८ गते सार्वजनिक सूचना जारी गरी उपमहानगरपालिकाले हलुका सवारी साधन कार,जीप चलाउन सिक्न चाहाने महिलाहरुलाई आवेदन दिन भनिएको छ ।
Advertisement
महिलामैत्री बस सन्चालनको तयारीमा रहेको उपमहानगरपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउन फरक पेशामा प्रोत्साहन गर्दै नयाँ कामको सुरु गर्न थालेको हो । आर्थिक सबलीकरण र सशक्तीकरणको माध्यमबाट घरभित्रै सिमित महिलाहरुलाई आर्थिक क्रियाकलापमा संलग्न गराउन सवारीसाधनको प्रशिक्षण दिन लागिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्याकुरेलले बताउनु भयो ।
त्य्स्तै प्रमुख प्रशासकिय अधिकृत प्याकुरेलका अनुसार यस्तो तालिम दिदा महिलाहरुले प्रत्यक्षरुपमा आय आर्जनमा सहज हुने हुदा अति बिपन्न महिलाहरुले आफ्नो जिबिका आर्जन गर्न सक्नेछन।
आर्थिक वर्ष २०७५र२०७६ को नेपाल सरकार साझेदारी विकास कार्यक्रम अन्र्तगत प्राप्त बिशेष अनुदानबाट महिलाहरुलाई हलुका सवारीसाधन सन्चालनका लागि निःशुल्क तालिम दिन लागिएको हो। २५ जना महिलाहरुलाई प्रशिण दिने तयारी रहेको छ । प्रशिक्षणका लागि निवेदन दिने अन्तिम म्याद बैशाख २ गतेसम्मका लागि तोकिएको छ ।
उप महानगरपालिकाले यस्तो अवसर सृजना त गरेको छ तर उपमहानगरले सहि ढंगले सन्चालन गर्न सकेन भने साझा बसको हालत झै हुने हुन सक्छ ।