पत्रकार महासंघ बाँकेद्वारा आचारसंहितालाई कार्यान्वयन गर्न पत्रकारहरुलाई अनुरोध
प्रकाशित मिति : २०७५, २३ चैत्र शनिबार १९:४४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।नेपाल पत्रकार महासंघ बाँकेले संस्थागत गरिमामा आँच पुर्याउने गरी भईरहेका गतिविधिहरुको बारेमा सर्वपक्षीय समिक्षा गरेको छ । शनिबार महासंघको कार्यालयमा सर्वपक्षीय छलफलको आयोजना गरी महासंघले बाँकेमा पत्रकार महासंघको संस्थागत गरिमामा आँच पुर्याउने गरी भइरहेको निरन्तर आक्रमणप्रति गम्भीर समीक्षा गरेको हो ।
महासंघ बाँके अध्यक्ष ठाकुरसिंह थारुको अध्यक्षता तथा पत्रकार महासंघ ५ नं प्रदेशका महासचिव भेषराज बस्नेतको विशेष उपस्थितिमा शाखाका पूर्वअध्यक्षहरु, सल्लाहकारहरु, पूर्व केन्द्रीय पदाधिकारी, पेसागत संघसंगठनका प्रतिनिधि, अग्रज पत्रकार सहभागी बैठकले पछिल्लो परिस्थितिबारे गम्भीर छलफल गरेको महासंघका सचिव तिलक गाँउलेले जानकारी दिए ।
Advertisement
छलफलबाट प्राप्त सुझावका आधारमा महासंघको आगामी बैठकले पत्रकारहरुबिचको आपसी सद्भाव बिथोल्न खोज्ने ब्यक्तिलाई निरुत्साहित पार्ने तथा पत्रकार आचारसंहिताको पूर्ण पालनाकालागि प्रतिवद्ध गराउन अभियान संचालन गर्ने महासंघ बाँकेका अध्यक्ष थारुले बताए ।
पत्रकार महासंघ बाँकेद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘सर्वपक्षीय समिक्षाबाट निकट कार्यसमिति बैठकले पेसागत गरिमा, महासंघको ऐतिहासिक धरातल एवं पत्रकारहरुको आपसी एकता र सद्भाव बिथोल्ने गतिविधिमा संलग्न जो कसैलाई पनि निरुत्साहित पार्न तथा पत्रकार आचारसंहिता, महासंघको विधानको पूर्ण परिपालनामा प्रतिबद्ध गराउनका लागि आवश्यक निर्णय लिन सक्ने सुझाव कार्यसमितिले पाएको छ । अतः नेपाल पत्रकार महासंघको गरिमामा आँच पुग्ने गरी कुनै पनि गतिविधि नगर्न अनुरोध छ । साथै नेपाल पत्रकार महासंघको विधान र आचारसंहितालाई पूर्ण कार्यान्वयन गर्न सम्पूर्ण पत्रकारहरुलाई अनुरोध गरिन्छ ।’