बन पैदावार उद्योग व्यवसायी संघ बाँकेको सातौं बार्षिक साधारण सभा सम्पन्न,संघले आठौँ राष्ट्रिय प्रतियोगितामा सहयोग गर्ने
प्रकाशित मिति : २०७५, २३ चैत्र शनिबार २२:५२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।नेपाल बन पैदावार उद्योग व्यवसायी संघ बाँकेको सातौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपालगन्जमा आयोजित साधारणसभाको उद्घाटन सत्रमा बोल्दै नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका निबर्तमान अध्यक्ष कपिल प्रसाद अधिकारीले बन क्षेत्रको नीति नियम तथा ऐन कानुनहरु बनाउँदा उद्यम व्यवसायमैत्री बनाउनु पर्ने भन्दै सम्वद्धको ध्यानाकर्षण गराए । उनले गएको स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि बनेका व्यवसायी संघमा आबद्ध संघका सदस्यहरुलाई स्थानीय तहहरुमा बन्ने बनसँग जोडिएका नीति नियममा नेतृत्वदायी भुमिका निभाउनकालागि आग्रह समेत गरे ।
Advertisement
‘देशै भरीका व्यवसायी सदस्यहरुको पसिनाबाट वन बिकास कोषको नाममा जम्मा भएको ४४ करोड रुपैयाँ महासंघको पहलमा पहिलो पटक व्यवसायीले अलग रुपमा संचालन गर्ने गरी सरकारले अनुमती दिए छ’ कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अधिकारीले भने, ‘व्यवसायीहरुसँगको सहकार्यमा नर्सरी उत्पादन, बन तथा वातावरण संरक्षण लगाएतका वन सम्बन्धित कार्यक्रम गर्नका लागि अर्थ मन्त्रालयबाट स्वीकृति समेत प्राप्त भइसकेको छ।’
कर्मचारी र उनका बालबच्चाको भरण पोषण गर्ने जिम्मा सरकारको भएको भन्दै व्यवसायीहरुलाई अनाहकमा दुख नदिन र आर्थिक प्रलोभनमा नपर्न अधिकारीले कर्मचारीहरुलाई सुझाब समेत दिए । व्यवसायीहरु समेत अनुशासित हुनु आवश्यक रहेकोतर्फ ईगित गर्दै यदि कुनै कर्मचारीले आर्थिक प्रलोभनमा परेर अनाधिकृत कार्य गर्छ भने त्यस्ता कर्मचारीबिरुद्ध सिधै अख्तियारमा उजुरी दिन अधिकारीले ब्यवसायीहरुलाई सुझाए ।
उद्घाटन कार्यक्रममा नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ केन्द्रिय न्यायिक, अनुशासन तथा सदस्यता सिफारिस समितिका सदस्य गजेन्द्र गुरुङ्ग, ५ नम्बर प्रदेशका अध्यक्ष दिनेश गिरी, शसस्त्र प्रहरी बल ३० गणका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक भेष बहादुर शाह, नेकपा बाँकेका नेता रत्न खत्री, काङ्ग्रेसका पवन शाह, राप्रपाका केन्द्रिय सदस्य ऋषि देवकोटा, सहायक बन अधिकृत मदन चौधरी, खेलकुदका क्षेत्रीय अध्यक्ष भिम वली, पत्रकार महासंघ बाँकेका सचिब तिलक गाउले, निर्माण व्यवसायी संघ बाँकेका अध्यक्ष टेक बहादुर खड्का, निजिबन सरोकार संघ बाँकेका अध्यक्ष मोहन प्रसाद रिजाल, उद्योगपति चम्पालाल बोथरा, पशुपती दयाल मिश्र, संघका पुर्व जिल्ला अध्यक्ष प्रदिप कुमार शाह लगाएतले साधारणसभा सफलताको शुभकामना व्यक्त गरेका थिए । साथै संघले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। आजको साधारण सभाले खेल अवधी भर पानीको ब्यबस्था गरि दिनेका साथै एउटा गेट समेत निर्माण गर्ने भएको छ।
संघका जिल्ला अध्यक्ष सुरेश चन्दको अध्यक्षतामा सम्पन्न सो उद्घाटन कार्यक्रम नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका केन्द्रिय सदस्य रबिन्द्र लम्सालले संचालन गरेका थिए भने स्वागत संघका वरिष्ठ उपाध्यक्ष दुर्गा बहादुर रानाले गरेका थिए ।