नेपालगन्ज भन्सारका नासु चन्द विरुद्ध विशेष अदालतमा मुद्दा दायर
प्रकाशित मिति : २०७५, २४ चैत्र आईतवार २३:५१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयका नायव सुब्बा लक्ष्मण बहादुर चन्दविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा ५२ हजार घुससहित पक्राउ परेका नेपालगन्ज भन्सार कार्यालयका नायव सुब्बा लक्ष्मण बहादुर चन्दविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
Advertisement
चन्दले भन्सारबाट आयात हुने चामललगायत अन्य सामानहरुको प्रज्ञापन पत्र बनाइदिने तथा भन्सार जाँच पासमा सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग घुस रकम माग गरिरहेको उजुरीको आधारमा अख्तियार बुटवल अन्तर्गतको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले ५२ हजार घुससहित नियन्त्रणमा लिएको थियो।
चन्दलाई नियन्त्रणमा लिएर अनुसन्धान भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० अन्तर्गत कसुर गरेको सप्रमाण पुष्टि भएकोले निजलाई बिगो ५२ हजार कायम गरी भ्रष्टाचार निवारण ऐनअन्तर्गत सजाय माग दाबी गर्दै अख्तियारले आइतवार मुद्दा दायर गरेको छ।