भेरी अस्पतालका चिकित्सकले सोमवार बहिरंग सेवा प्रदान गरे
प्रकाशित मिति : २०७५, २५ चैत्र सोमबार १५:५३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।भेरी अस्पतालका चिकित्सकले सोमवार पनि बहिरंग सेवा दिएका छन् । भेरी अस्पताल विकास समिति र करारका चिकित्सकले सोमवार बहिरंग सेवा दिएका हुन् ।
विरामीको चाँपलाई मध्यनजर गरि सोमवार अस्पताल विकास र करारका चिकित्सकले बहिरंग सेवा दिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुपानन्द अधिकारीले बताए । उनले अस्पताल विकास समिति र करारका चिकित्सक समायोजनमा नपर्ने भएकोले सेवा संचालनका लागि आग्रह गरिएको बताए । ‘विरामीको चाँपलाई मध्यनजर गरि सेवा दिन आग्रह गरेपछि चिकित्सकले इन्कार नगरि बहिरंग सेवा दिनुभयो,’ उनले भने ।
Advertisement