विपन्न परिवारका यूवालाई स्वरोजगार बनाउन मोवाइल तालिम
प्रकाशित मिति : २०७५, २६ चैत्र मंगलवार १४:४८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । गरिव तथा विपन्न परिवारका यूवालाई स्वरोजगार बनाउन एक महिने मोवाइल मर्मत तालिम नेपालगन्ज उपमहानगरपालिका–१३ मा सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१३ मा बसोबास गर्दै आएका घसियार, मुस्लिम र पछाडी परेका समुदायका यूवालाई लक्षित गरि तालिम आयोजना गरिएको टच नेपालका अध्यक्ष पूर्णप्रकाश डाँगीले बताए।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ को सहयोगमा टच नेपालले सोमबार देखि आयोजना गरेको तालिममा १३ जना यूवाको सहभागिता रहेको छ ।
Advertisement
तालिम उद्घाटन कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिका–१३ का वडा अध्यक्ष वीरेन्द्रबहादुर शाहले गरिव, विपन्न तथा पछाडी परेका समुदायका यूवालाई स्वरोजगार बनाई जिविकोपार्जनमा सहजता ल्याउन तालिम संचालन गरिएको बताए । उनले विदेश पलायन हुने यूवालाई स्वदेशमै रोक्न र उनीहरुको आर्थिक अवस्था सुधार गर्न तालिम दिएको बताउँदै तालिमले गरिवी उन्मूलनमा थोरै भए पनि सहयोग मिल्ने बताए । उनले तालिममा धेरैभन्दा धेरै सिकेर ब्यवहारमा उतार्न सुझाव दिए ।
वडा सदस्य ओमप्रकाश चौहानले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सभ्य समाज नेपालका अध्यक्ष सूर्यलाल यादव, वडा नं. १३ का समाजसेवी गोविन्दप्रसाद घिमिरे लगायतले तालिम सफलताको शुभकामना दिएका थिए । कार्यक्रमको सन्चालन वडा सचिब राम कुमार पौडेलले गरेका थिए।