हक्कीको खेल तालिका सार्वजनिक,बुधबारदेखि खेल हुँदै
प्रकाशित मिति : २०७५, २६ चैत्र मंगलवार १९:५५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।हक्की प्रतियोगिताका लागि खेल तालिका सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको तालिका अनुसार, समूह ए मा नेपाल आर्मी, गण्डकी प्रदेश, प्रदेश नं. २, ३ र नेपाल पुलिसको टोली रहेको छ । समूह वी मा प्रदेश नं. ५, १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश टोली रहेका छन् ।
प्रतियोगिताको पहिलो दिन तीन खेल हुने भएको छ । मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु) का अनुसार बुधवार विहान ७ बजे पहिलो खेल नेपाल आर्मी र नेपाल पुलिस विच हुने भएको छ । भने, दोस्रो खेल प्रदेश नं. २ र प्रदेश नं. ३ बीच तथा तेस्रो खेल प्रदेश नं. ५ र प्रदेश नं. १ वीच हुने छ ।
२८ चैतमा हुने पहिलो खेल गण्डकी प्रदेश र नेपाल पुलिस, दोस्रो खेल नेपाल आर्मी र प्रदेश नं. २ तथा तेस्रो खेल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश वीच हुने शर्माले जानकारी दिए । उनले २९ चैतमा गण्डकी प्रदेश र २ नं. प्रदेश वीच हुने भएको छ भने दोस्रो खेल नेपाल पुलिस र ३ नं. प्रदेश वीच प्रतिष्पर्धा हुने छ । त्यसैगरि, तेस्रो खेल ५ नं. प्रदेश र कर्णाली प्रदेश वीच खेल हुने भएको छ ।
४ बैशाखसम्म संचालन हुने प्रतियोगितामा ३० चैतमा प्रदेश नं. ५ र सुदूरपश्चिम प्रदेश, प्रदेश नं. १ र कर्णाली प्रदेश वीच दोस्रो र नेपाल आर्मी र प्रदेश नं. ३ वीच हुने भएको छ ।
Advertisement
त्यसैगरि, १ बैशाखमा पहिलो खेल नेपाल आर्मी र नेपाल पुलिस वीच हुने छ । भने, दोस्रो खेल गण्डकी प्रदेश र ३ नं. प्रदेश वीच तथा तेस्रो खेल १ नं. प्रदेश र सुदूरपश्चिम प्रदेश वीच हुने पनि शर्माले जानकारी दिए । २ बैशाखमा एउटा खेल मात्र हुने बताउँदै उनले उक्त दिन २ नं. प्रदेश र नेपाल पुलिस वीच हुने जानकारी दिए । ३ बैशाखदेखि सेमीफाइनलका खेल हुने भएको छ । भने ४ बैशाखमा फाइनल खेल हुने उनले बताए ।