आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताः हक्की खेलमा प्रदेश ५ विजयी "नेपालगन्ज ४ का अध्यक्ष सफिक बेहनाद्वारा खेलाडीलाइ पोशाक सहयोग "
"नेपालगन्ज ४ का अध्यक्ष सफिक बेहनाद्वारा खेलाडीलाइ पोशाक सहयोग "
प्रकाशित मिति : २०७५, २७ चैत्र बुधबार २२:५८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज।आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बुधवार पुरुष हक्कीतर्फ तीन खेल भएका छन् । नेपालगन्जस्थित मंगलप्रसाद माध्यमिक विद्यालयमाा पहिलो दिनको पहिलो खेलमा आयोजक ५ नंं. प्रदेश, २ नं. प्रदेश विजयी भएका छन् भने,डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीले गण्डकी प्रदेशसँग बराबरी खेलेको छ ।
लगातारको आक्रमण र ११ वटा पेनाल्टी कर्नर पाएपनि आर्मीले कुनै गोल गर्न नसकेपछि अंक बाँड्न बाध्य भएका हो । आर्मीका तर्फबाट नेपाली राष्ट्रिय टीमबाट साफ खेलेका रन्जित रावत, दिपेन्द्र ऐर, राम शाह, अमित श्रीवास्तव र सत्यनारायण चौधरीका साथै अन्तर्राष्ट्रिय अनुभव संगालेका देवसिंह धामी, प्रदिप राजवंशी, रोशन चौधरी र नरेन्द्र कार्कीले प्रतियोगितामा सहभागिता जनाएका छन् ।
गण्डकी प्रदेशबाट अन्तर्राष्ट्रिय अनुभव लिएका प्रेम विक, सागर खाँड र आशिक नेपालीको सहभागिता छ । भने, अन्य नयाँ अनुहारका छन् । गण्डकी प्रदेशका प्रशिक्षक राजेन्द्र पाठकले आफ्नो टिमका खेलाडीले एकदमै राम्रो खेलेको प्रतिक्रिया दिए । उनले बुधवार भएको खेल आर्मीलाई बराबरीमा रोक्नु ठूलो उपलब्धि भएको प्रतिक्रिया दिए ।
यसअघि भएको गिरिजाप्रसाद कोइराला मेमोरियल हक्की प्रतियोगिताको फाइनलमा नेपाल आर्मीलाई १–० गोलले पराजित गर्दै उपाधी जितेको थियो । तर, त्यतिबेला प्रतियोगितामा सहभागी मध्ये ६ जना खेलाडी अहिले गण्डकी प्रदेशमा नभएको प्रशिक्षक पाठकले बताए ।
Advertisement
आर्मीका प्रशिक्षक मानबहादुर बस्नेतले धेरै पटक राम्रा अवसरहरु पाएपनि गोलमा परिणत गर्न नसक्दा अंक बाँड्नु परेको बताए । उनले आर्मीका खेलाडीले राम्रो खेलेपनि अवसरको सदुपयोग गर्न नसकेको बताए । उनले अर्को खेलमा नयाँ रणनीतिका साथ खेलाडीलाई मैदानमा उतार्ने बताए ।
प्रदेश नं. ३ माथि प्रदेश २ को गोल बर्षा
दोस्रो खेलमा २ नम्बर प्रदेश ले ३ नम्बर प्रदेशलाई ५–० गोलले पराजित गरेको छ । चार जना राष्ट्रिय खेलाडी रहेको २ नम्बर प्रदेशले ३ नम्बर प्रदेशलाई सहजै पराजित गरेको थियो । खेल अवधिभर प्रदेश नम्बर ३ लाई दवावमा राखेको २ नम्बर प्रदेशका खेलाडी मनोज शाहले २४ औँ मिनेटमा पहिलो गोल गरे ।
खेलको ३८ औँ मिनेटमा २ नम्बर प्रदेशका गोविन्द अधिकारीले दोस्रो गोल गरे । भने, खेलको ५२ औँ र ५४ औँ मिनेटमा २ नं. प्रदेशका क्याप्टेन हरविन्द्र सिंहले दुई गोल गरे । आक्रामक रुपमा मैदानमा उत्रिएको २ नम्बर प्रदेशका खेलाडीले बललाई आफ्नो कोर्टतर्फ आउन दिएनन् ।
निरन्तर दवावमा राख्दै २ नम्बर प्रदेशका खेलाडी गोविन्द अधिकारीले ५६ औँ मिनेटमा अर्को गोल गरि आफ्नो टिमलाई अग्रता दिलाए । प्रतियोगितामा २ नम्बर प्रदेशले ६ पेनाल्टी कर्नर पाउँदा ३ नं. प्रदेशले एउटा मात्र पेनाल्टी कर्नर पाएको हक्की खेलका मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु) ले जानकारी दिए ।
प्रतियोगिताको पहिलो दिन प्रदेश नम्बर ३ का खेलाडीले कुनै गोल गर्न नसकेपनि खेलाडीको प्रदर्शन एकदमै राम्रो भएको प्रशिक्षक आश्विनी अधिकारीले बताए । उनले २ नम्बर प्रदेशका पूराना र अनुभवी खेलाडीसँग ३ नम्बर प्रदेशका नयाँ खेलाडीले प्रतिष्पर्धा गर्नुनै सौभाग्य भएको बताए ।
उनले प्रतियोगितामा सहभागी सवै खेलाडी नयाँ भएको बताउँदै खेलाडीले सोँचेभन्दा राम्रो प्रदर्शन गरेको बताए । ‘खेलाडीको प्रदर्शन माथि खोट लगाउने ठाउँ छैन । नयाँ ठाउँ र पहिलो खेल भएकोले खेलाडी नर्भस भएको जस्तो लाग्यो । खेलाडीको प्रदर्शनबाट म एकदमै सन्तुष्ट छु,’ उनले भने ।
प्रदेश नं. ५ तीन–शून्यले विजयी- सफिक बेहनाले गरे पोशाक सहयोग
बुधवार बेलुकी भएको तेस्रो खेलमा ५ नं. प्रदेश विजयी भएको छ । प्रदेश नं. १ सँग भएको खेलमा ५ नं. प्रदेश १ नं. प्रदेशलाई ३–० गोलले पाखा लगाएको हो ।
खेल अवधिभर १ नं. प्रदेशलाई दवावमा राखेको ५ नं. प्रदेशको तर्फबाट २९ औँ मिनेटमा सानु लामा, ४१ औँ मिनेटमा २६ नं. जर्सीका अमन कुमार र ५२ औँ मिनेटमा २२ नं. जर्सीका मनिष गुरुङले गोल गरे । प्रदेश नम्बर ५ ले ९ पटक पेनाल्टी कर्नर पाउँदा १ नं. प्रदेशले एउटा पनि पेनाल्टी कर्नर नपाएको मुख्य प्रशिक्षक पिन्टुले बताए ।
२८ चैत (विहीवार) पहिलो खेल गण्डकी प्रदेश र नेपाल पुलिस, दोस्रो खेल नेपाल आर्मी र प्रदेश नं. २ तथा तेस्रो खेल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश वीच हुने पिन्टुले जानकारी दिए ।त्य्स्तै प्रदेश ५ को टोलीको लागि नेपालगन्ज ४ का अध्यक्ष मो. सफिक बेहनाले पोशाकको सहयोग गर्दै टोलीलाई हौसला बढाएका थिए।