आठौं राष्ट्रिय खेलको पहिलो दिनमा को-को बिजयी भए ! "अध्यक्ष बेहनाद्वारा खेलाडीलाई शुभकामना "
"अध्यक्ष बेहनाद्वारा खेलाडीलाई शुभकामना "
प्रकाशित मिति : २०७५, २८ चैत्र बिहीबार ०८:३८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १८ औं राष्ट्रिय हक्कीको पुरुषमा डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी र गण्डकी प्रदेशले बराबरी खेलेका छन् ।
नेपालगन्जस्थित मंगलप्रसाद माविमा भएको उदघाटन खेेलमा उपाधिका दाबेदार आर्मी र गण्डकीले गोलरहित बराबरी खेले । गत माघ अन्तिम साता झापाको भद्रपुरमा भएको प्रथम गिरीजाप्रसाद कोइराला स्मृति राष्ट्रिय खुला हक्कीको फाइनलमा गण्डकीले आर्मीलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको थियो ।
अन्य खेलमा प्रदेश २ र प्रदेश ५ विजयी भए । प्रदेश २ ले प्रदेश ३ लाई ५–० गोलले पराजित ग¥यो । विजयी टिमका लागि गोविन्द अधिकारी तथा हर्विन्द्र सिंहले २–२ गोल गरे भने मनोज शाहले १ गोल थपे । प्रदेश ५ ले प्रदेश १ लाई ३–० गोलले हरायो । जितमा सानु लामा, अमन कुमार र मनीष गुरुङले १–१ गोल योगदान गरे ।
Advertisement
अध्यक्ष बेहनाद्वारा शुभकामना
त्य्स्तै प्रदेश ५ का बिजयी खेलाडीहरुलाई नेपालगन्ज वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहनाले बधाई समेत दिएका छन् ।बेहनाले -‘प्रदेश ५ को इज्जत राख्ने खेलाडीहरुको हो, राम्रो सग खेलेर प्रतियोगिताको फाइनल जित्न’ शुभकामना दिएका छन् । हक्कीमा मात्रै नभइ प्रदेश ५ का सबै खेलका खेलाडीहरुलाई प्रतियोगीता जित्न उनले शुभकामना प्रदान गरेका छन् । अध्यक्ष बेहनाले प्रदेश ५ का हक्कीका खेलाडीहरुलाई खेल पोशाक प्रदान सहयोग गरेका थिए।
पुरुष हक्कीमा सातै प्रदेश, आर्मी र प्रहरीसहित ९ टिम सहभागी छन्। पुरुषमा हक्कीमा प्रहरीले पहिलोपटक टिम सहभागी गराएको हो । महिला हक्की भने नेपालगन्जको खजुरास्थित शुक्र माविमा चैत ३० गतेदेखि सुरु हुँदैछ।
स्क्वास : अमृत क्वाटरफाइनलमा
आठौं अन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको पुरुष सिंगल्समा गण्डकी प्रदेशका अमृत थापा मगर बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
ललितपुरको सातदोबाटोस्थित स्क्वास एकेडेमीमा अमृतले गण्डकीकै कासिराम भण्डारीलाई ११–४, ११–२ र ११–६ को सोझो सेटमा पराजित गरे ।
पुरुष सिंगल्समै प्रदेश ३ का राजेन्द्र शाक्यले प्रदेश ५ का गोपाल थापालाई ११–४, ११–१ र ११–५, एपीएफका उमिद शाक्यले प्रदेश १ का अश्विन टोडीलाई ११–६, १२–१०, १२–१४ र ११–७ तथा प्रदेश ३ का अमिर ब्लोनले एपीएफका विजय मगरलाई ११–९, १८–१६, ५–११ र ११–७ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
त्यस्तै प्रदेश २ का दीपक थापाले एपीएफका मित्रलाल गुराउलाई १०–१२, ११–७, ६–११, ११–६ र ११–५, एपीएफका विक्रम मगरले प्रदेश ३ का विनोदरत्न शाक्यलाई ११–५, ११–५ र ११–७ तथा प्रदेश ३ का प्रवीणवीरसिंह कंशाकारले प्रहरीका आकाश सुनुवारलाई ५–११, ११–७, ११–४, ८–११ र १६–१४ ले पाखा लगाउदै क्वाटरफाइनलमा पुगे । प्रदेश १ का निशान्त अग्रवालले प्रहरीका सुदीपबहादुर सिंहबाट वाकओभर पाएर क्वाटरफाइनलमा प्रवेश गरे । प्रतियोगिताको सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले एक कार्यक्रमबीच शुभारम्भ गरे ।
लनटेनिस : आर्मी र एपीएफ फाइनलमा
आठौंअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा आर्मी र एपीएफ बुधबार फाइनलमा प्रवेश गरेका छन् । बुटवलमा भइरहेको प्रतियोगितामा आर्मीले प्रदेश ३ लाई ३–० तथा एपीएफले प्रदेश ४ लाई २–१ को सेटमा पराजित गरे ।
पुरुष टिम इभेन्टको दुवै सेमिफाइनल खराब प्रकाशका कारण स्थगित भयो । एनआरएनए र आर्मी तथा एपीएफ र प्रदेश ४ बीचको सेमिफाइनल स्थगित भएको हो । एनआरएनए र आर्मीबीचको सेमिफाइनलमा दुवैले एक–एक सिंगल्समा जित हात पारेका छन् । डबल्समा भने आर्मीले पहिलो सेट ६–४ ले आफ्नो पक्षमा पारेको छ । त्यसैगरी अर्को सेमिफाइनलमा पनि एपीएफ र प्रदेश ४ ले एक–एक सिंगल्सको नतिजा आफ्नो पक्षमा परेका छन् । डबल्समा भने पहिलो सेट ५–५ को बरबरी अवस्थामा सकिएको छ।
टेबलटेनिस : प्रहरी र एपीएफबीच उपाधि भिडन्त
आठौंअन्तर्गत ४० औं राष्ट्रिय टेबलटेनिसको महिला टिम इभेन्टमा प्रहरी र एपीएफबीच उपाधि भिडन्त हुने भएको छ ।
दाङको घोराही कभर्डहलमा भएको सेमिफाइनलमा प्रहरीले आर्मीलाई ३–१ तथा एफीएफले प्रदेश ३ लाई ३–० को सेटमा पराजित गरे ।
पुरुष टिम इभेन्टमा सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनल प्रहरी र एपीएफ तथा प्रदेश ३ र आर्मीबीच हुनेछ । प्रहरीले प्रदेश ४ लाई ३–०, एपीएफले प्रदेश १ लाई ३–१, प्रदेश ३ ले प्रदेश २ लाई ३–१ र आर्मीले प्रदेश ५ लाई ३–१ को सेटमा हराए।
आठौंअन्तर्गत बिहीबारदेखि दाङमा पुरुष बास्केटबल तथा नेपालगन्जमा फेन्सिङ खेल सुरु हुनेछ ।