आठौँ राष्ट्रिय खेलकुद: दोश्रो दिनको हक्कीमा पुलिस र आर्मी विजयी "फेन्सिङ जारी "
"फेन्सिङ जारी "
प्रकाशित मिति : २०७५, २८ चैत्र बिहीबार १३:५८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत विहीवार भएको पुरुष हक्की प्रतियोगितामा नेपाल पुलिस क्लवको सामुन्ने गण्डकी प्रदेश स्तब्ध भएको छ । विहीवार विहान भएको पहिलो खेलमा नेपाल पुलिस क्लव ५–० गोलले विजयी भएको हो ।
गण्डकी प्रदेशलाई प्रतियोगिता अवधिभर दवावमा राखेका नेपाल पुलिसका तर्फबाट पाँच वटै गोल जर्सी नंं. १० का खेलाडी रोमन राणाले गरे । उनले खेलको १० औँ, १२ औँ, ३८ औँ, ४५ औँ र ५५ औँ मिनेटमा गोल गरेको हक्कीका मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु) ले जानकारी दिए ।
प्रतियोगितामा नेपाल पुलिस क्लवले धेरै पेनाल्टी कर्नर पाए पनि अवसरलाई सदुपयोग गर्न सकेन । पुलिसले ७ र गण्डकी प्रदेशले दुई पेनाल्टी कर्नर पाएको पिन्टुले जानकारी दिए । पुलिस क्वलमा ५ नं. प्रदेशको तर्फबाट खेलिसकेका सात जना खेलाडी समावेश रहेका छन् ।
दोस्रो खेलमा नेपाल आर्मी प्रदेश नं. २ बिरुद्ध १–० को अन्तरले विजयी भएको हो । आर्मीका तर्फबाट १० नम्बर जर्सीका खेलाडी राम शाहले ५६ मिनेटमा गोल गरी टिमलाई विजयी बनाएका हुन् । गोललाई मान्यता दिने विषयमा विवाद भएपछि प्रदेश २ खेलबाट बाहिरिएको थियो । खेलमा आर्मीले ८ वटा कर्नर पेलान्टीको अवसर पाएको थियो । बिहीबारको तेस्रो खेल अपरान्ह ४ बजेपछि कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुने छ।
Advertisement
नेपालगन्जमा फेन्सिङ जारी
आठौं राष्ट्रिय खेलकुद अन्तर्गत चौथो फेन्सिङ राष्ट्रिय खेलकुद प्रतियोगिता बिहीबारदेखि नेपालगन्जमा सुरु भएको छ ।
नेपालगन्ज रंगशाला परिसरको कबर्ड हलमा जारी प्रतियोगितामा त्रिभुवन आर्मी, एपीएफ र प्रदेश १ का २४÷२४ जना खेलाडी सहभागी छन् । प्रदेश ३ बाट १२, गण्डकी प्रदेशबाट १२, सुदूरपश्चिम प्रदेशबाट ६ र नेपाल पुलिस क्लबबाट २ जना खेलाडी मात्र सहभागी भएका छन् । कर्णाली र प्रदेश ५ वाहेकका १३० जना खेलाडी सहभागी छन् । महिला र पुरुष फेन्सिङका खेल जारी छन्।