आठौं राष्ट्रिय खेलकुद अन्तर्गत टेबलटेनिसमा प्रहरीलाई दुई स्वर्ण
प्रकाशित मिति : २०७५, २८ चैत्र बिहीबार २२:१७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
दाङ ।आठौंअन्तर्गत ४० औं राष्ट्रिय टेबलटेनिसको दोश्रो दिन प्रहरीले दुई स्वर्ण जितेको छ । प्रहरीले महिला टिम इभेन्ट र डबल्समा स्वर्ण हात पा¥यो ।
टिम इभेन्टमा प्रहरीले अर्को विभागीय टोली एपीएफलाई ३–१ को सेटमा पराजित ग¥यो । प्रहरीकी एलिना महर्जनले एपीएफकी सेलिशा खड्गीलाई ३–१ ले परारिजत गरिन् । दुई खेलमा जित हात पारेकी ७ पटककी राष्ट्रिय च्याम्पियन नविताले एफीएफका अनिता महर्जनलाई ३–० तथा सेलिशा खड्गीलाई ३–१ ले हराइन् । एक सिंगल्समा भने एपीएफकी सिक्का सुवालले प्रहरीकी मन्जु सुवालमाथि ३–१ को जित दर्ता गरिन् । आर्मी र प्रदेश ३ संयुक्त रुपमा तेश्रो भए ।
दाङको घोराही कभर्डहलमा भइरहेको प्रतियोगिताको महिला डबल्सको फाइनलमा प्रहरीका भाउजु नविता र नन्द एलिनाको जोडीले आर्मीका स्वेच्छा नेम्वाङ र रविना महर्जनको जोडीलाई ११–८, ११–७ र ११–८ को सोझो सेटमा पाखा लगाए । प्रदेश ५ का गीता अर्याल र अमृता थापा तथा एफीएफका सेलिशा खड्गी र सिक्का सुवालको जोडी तेश्रो बने ।
Advertisement