आठौँ राष्ट्रिय खेलकुद: लगातार पुलिसको जित,गण्डकी र प्रदेश २ बराबरी
प्रकाशित मिति : २०७५, २९ चैत्र शुक्रबार १७:१६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत शुक्रवार भएको पुरुष हक्की प्रतियोगितामा गण्डकी प्रदेश र प्रदेश नं. २ ले बराबरी अंक बाँडेका छन् । प्रतियोेगितामा गण्डकी प्रदेशका खेलाडी राजन नेपालीले खेलको ३९ औँ मिनेटमा पहिलो गोल गरे ।
उत्रीय पनि खेलको अन्यतिर प्रदेश नं. २ का अर्जुन खड्काले ५१ औँ मिनेटमा गोल गरेपछि खेल बराबरीमा रोकियो ।
Advertisement
त्यसैगरि शुक्रवार विहान भएको दोस्रो खेलमा नेपाल पुलिस क्लव ३–० गोलले विजयी भएको छ । प्रदेश नं. ३ सँग भएको खेलमा पुलिसले लगातार दवावमा राखेको थियो । खेलको ६ औँ र ५० औँ मिनेटमा प्रहरीका रोमण राणाले दुई गोल गरे । प्रहरीको तर्फबाट १४ औँ मिनेटमा राजेन्द्र कार्कीले गोल गरेको हक्कीका मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु) ले जानकारी दिए ।
अहिले प्रदेश नं. ५ र कर्णाली प्रदेश वीचको खेल चलिरहेको छ ।