आठौ राष्ट्रिय खेलकुद: टेवलटेनिसमा पुलिस राष्ट्रिय च्याम्पियन
प्रकाशित मिति : २०७५, ३० चैत्र शनिबार १५:४४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
दाङ/ लक्ष्मण बस्नेत।आठौ राष्ट्रिय खेलकुद हाम्रो प्रदेशमा पसिना र पौरख आफ्नै देशमा भन्ने मुल नाराका साथ दाङको घोराहीमा संचालित आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको टेवल टेनिसमा नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ ।
प्रतियोगिताका सात स्पर्धामा शसक्त र शानदार प्रर्दशन गरेको पुलिस ६ स्वर्ण ३ रजत र १ कास्य पदक हात पार्दै राष्ट्रिय टेवल टेनिसको च्याम्पिएन बन्न सफल भएको हो ।
त्यस्तै प्रतियोगितामा शसस्त्र प्रहरीको एपीएफ १ स्वर्ण, २ रजत र ५ कास्य पदक हात पारेको छ।
Advertisement
नेपाल आर्मी २ रजत ४ कास्य पदकका साथ तुतिय स्थान हात पार्न सफल भयो । त्यस्तै प्रदेश नं ३ ले ३ कास्य र प्रदेश नं ५ ले १ कास्य पदक हात पारे ।
युमन्स् सिंगलमा पुलिसकी नविताको सर्वाधिक रेर्कड
नेपाल पुलिस क्लबकी नविता श्रेष्ठ युमन्स् सिंगल इभेन्टसको सर्वाधिक रेर्कड बनाएकी छन् ।
आठौ राष्ट्रिय टेवुल टेनिस प्रतियोगिताको वुमन्स् सिंगलमा स्वर्ण पदक हात पारेकी उनले राष्ट्रिय प्रतियोगितामा लगातार आठौ पटक जित हात पार्दै युमन्स् सिंगलको सर्वाधिक रेर्कड बनाउन समेत सफल भइन् । उनले फाइनलमा नेपाल पुलिसकै एलिना मर्हजलाई ४–२ को सेटमा पराजीत गरिन् ।
पुलिसका स्यान्टुको ह्याट्रिक
राष्ट्रिय टेवल टेनिसको मेन्स् सिंगलमा नेपाल पुलिस क्लबका स्यान्टु श्रेष्ठले ह्याट्रिक गर्न सफल भएका छन् ।
आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबकै प्रदिप रोकाँलाई ४–० को सोझो सेटमा पराजीत गर्दै स्वर्ण पदक हात पारेका स्यान्टुले राष्ट्रिय प्रतियोगितामा लगातार तिन पटक जित निकाल्दै ह्याट्रिको रेर्कड बनाउन सफल भएका हुन् ।