महिला हक्की: गण्डकी प्रदेशद्वारा प्रदेश १ पराजित
प्रकाशित मिति : २०७६, १ बैशाख आईतवार १३:१४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज।आठौं राष्ट्रिय महिला हक्की खेलमा गण्डकी प्रदेशले प्रदेश नं. १ लाई ४–० गोल गर्दै जित हात पारेको छ । आइतवार विहना गण्डकी प्रदेश र प्रदेश नं. १ बिच भएको खेलमा गण्डकी प्रदेशले प्रदेश नं. १ लाई ४ गोल गर्दै जित हात पारेको हो । गण्डकी प्रदेशले खेलको शुरु देखि नै दबाब दिए रहदा खेलको पहिलो क्वाटरमा गोल गर्न सकेका थिएनन् ।
Advertisement
दोस्रो क्वाटरको खेल शुरुहुदाँ १६ नं. जर्सीमा खेली रहेकी गण्डकी प्रदेशकी मिना परियारले १७ मिनेटमा गोल गरेर आफ्नो टिमको खाता खोलेकी थिइनन् । गण्डकी प्रदेशको प्रदेश नं. १ लाई निरन्तर दबाब दिई रहेपछि खेलको तेस्रो क्वाटरमा ५ नं. जर्सीमा खेली रहेकी देवीकी विकले ४३ मिनेटमा दोस्रो गोल गरेर २–० ले आफ्नो टिमलाई अगाडी बढाएकी थिईनन् । भने तेस्रो क्वाटरमै ६ नं. जर्सीमा खेली रहेकी कमला राणाले ४० र ४५ मिनेटमा २ गोलको यिोगदान पछि गण्डकी प्रदेशले ४ गोलले प्रदेश नं. १ माथि जित हात पारेको हो ।
खेल अवधिको निर्धरीत समयमा गण्डकी प्रदेशले ६ पनल्टि कार्नर पाएको थियो भने प्रदेश नं. १ ले १ पटक मात्र सो अवसर प्राप्त गरेको थियो । आइतवार साँझा ४ बाजेको खेलमा प्रदेश ३ र प्रदेश ७ बिच प्रतिशपर्धा हुने भएको छ ।